• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

कहिले फेरिन्छ दयाहाङको पात्र, ‘कबड्डी’को गन्ध ‘मिस्टर झोले’मा नभएको दावी

  • 2017-12-26 
  • प्रकाशित

    Spread the love

     

    फिल्मी फण्डा । यहि पौषको २८ गते प्रदर्शन हुन लागेको फिल्म ‘मिस्टर झोले’ को ट्रेलर रिलिजदेखी सबैले ‘कबड्डी’ र ‘कबड्डी कबड्डी’ को गन्ध भएको चर्चा निकै चल्न थालेको छ । रामबाबु गुरुङ निर्देशित फिल्महरु प्राय सबै उस्तै रहेको मिडियाकर्मी देखी आम दर्शकको गुनासो आउन थालेको छ । यस्तै फिल्म ‘मिस्टर झोले’लाई पनि कतिपयले ‘कबड्डी’ कै निरन्तरता भनिएको छ ।

    तर फिल्मका युनिटले भने ‘मिस्टर झोले’मा ‘कबड्डी’को गन्ध भएको मान्न तयार छैन । फिल्मको निर्माण टिमले बरु फिल्म ‘झोले’को निरन्रता भन रुचाएका छन् ‘मिस्टर झोलेलाई’ । एक पत्रकार भेटघाटमा फिल्मका निर्माता टेकेन खड्काले फिल्म ‘मिस्टर झोले’, ‘झोले’को सिक्वेल हो भन्दा खासै फरक पर्दैन समेत भने । मिडियाकर्मीले रामबाबुको फिल्म प्राय उस्तै रुपमा लगातार आईरहेकोले खासै फरक नभएको प्रश्न गर्दा उत्तर दिन निर्देशक रामबाबु गुरुङ भने उपस्थित थिएनन् । निर्माता टेकेनले ‘मिस्टार झोले’ अलि फरक हुने दावी गरे । उनले फिल्ममा उस्तै कमेडी, एक्शन, ड्रामा हुने भएकोले मिल्दो झुल्दो लागेता पनि ‘मिस्टर झोले’ फरक भएको दावी गरेका छन् ।

    यता नायक दयाहाङ राईलाई तपाईको फिल्मी पात्र सधै एकै रुपमा हुन्छ किन परिवर्तन हुदैन भन्ने प्रश्न गर्दा दयाहाङले फिल्मको कथाहरुनै फरक नभेटिएको दावी गरे । उनले अहिले सम्म जस्तो कथा पाएको छ, अनि निर्देशकले जे भनेको छ, त्यस्तै गरेको बताए । राजेश हमालकै लाईनमा किन दयाहाङ भनि प्रश्न गर्दा दयाहाङले आफुले त्यो विषयमा नसोचेको बताए । उनले फिल्मको विषयवस्तु अनुसार न्याय दिने कोशिश जहिले गरिरहेको समेत बताए । फिल्म खेल्दै गर्दा कतिपय फिल्महरु सम्बन्धका कारण खेल्नुपर्ने भएकाले केही फिल्म उस्तै लागेको जस्तो भएको बताएका छन् । लगातार एउटै परिवेश र कयारेक्टरले आम दर्शकहरु पछिल्लो समय दयाहाङको फिल्मबाट आजित भईसकेको बुझ्न सकिन्छ । किनकी यसको उदाहरणको रुपमा ‘घामपानी’ पछि दयाहाङको पछिल्लो कुनै पनि फिल्म हिट भएका छैनन् ।

    फिल्म ‘मिस्टर झोले’को पत्रकार भेटघाटमा भने निर्देशक रामबाबु गुरुङ काम विशेषले उपस्थित नभएको जानकारी गराए । यसो त फिल्मका नायिकाहरु प्नि कार्यक्रममा उपस्थित थिएनन् । तर वास्तविकता के हो त्यो निर्माण टिमलाई थाहा होला । x सिनेमा आर्ट र टेकेन खड्काको प्रस्तुतीमा निर्माण भएको फिल्म ‘मिस्टर झोले’मा दयाहाङ र दियाको अलवा बर्षा राउत, पुष्कर गुरुङ, बुद्धि तामाङ, प्रविण खतिवडा, विजय बराल, अरुणा कार्की, कमल मणि नेपाल, निरु खड्का, माओत्से गुरुङ लगायतको मूख्य भुमिका रहेको छ । राम बाबुकै कथा संवाद रहेको फिल्मलाई राम बाबुसँगै टेकेन खड्का र रौनक विक्रम कँडेलले निर्माण गरेका हुन् । फिल्ममा काली प्रसाद बास्कोटा को संगीत रहेको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    थिरसगँ अन्जुको दोस्रो विबाह
    कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी

    Recent Posts

    • अमित सुनार र बीना विश्वकर्माको ‘पिरको पोको छ'(भिडियो)
    • प्रज्वलको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक
    • पुष्प , सुधिर , समारिका र स्मारिकाको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियो)
    • सञ्चारकर्मी बिष्णु ठकुरीको ‘मन फाटेपछी’
    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    • कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    • ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073