कहिलेसँगै दौड, कहिले प्रतिस्पर्धा, निखिल–सौगात सम्बन्ध (भिडियो सहित)

फिल्मी फण्डा । नायक निखिल उप्रेती र सौगात मल्ल एकसाथ एउटै फिल्ममा काम गरेको दर्शकले फिल्म संरक्षणमा हेरिसकेका छन् । उनै दुई नायकलाई एकै पटक एउटै फिल्ममा त हैन तर एउटै समयमा हलमा देखिने भएको छ । कुनै समय एक अर्कोको तारिफ गर्ने गरेका यी दुई नायक अभिनित फरक फरक फिल्म एकै मितीमा रिलिज हुन लागेको हो ।
निखील उप्रेतीले डेब्यु गरेको फिल्म पिँजडाको सिक्वेल पिँजडा ब्याक अगेन र सौगात मल्लले अभिनय गरेको फिल्म लालपुर्जा एकै दिन अर्थात माघ ४ गते प्रदर्शन हुन लागेको हो । एक्शन स्टार निखिल र फरक भुमिका गर्ने सौगातको फिल्म एकै दिनमा लाग्ने भएपछि दुई मध्ये कसको स्टारडमले काम गर्ला भन्ने चर्चा शुरु भएको छ । यता लालपुर्जा फिल्मले हालै एक गीत रिलिज गरिएको छ भने पिँजडा ब्याक अगेन तिब्र प्रचारमा व्यस्त रहेको छ ।
कतिपयले यो फिल्महरु एकै पटक रिलिज हुनुलाई सिंगल थिएटर र मल्टिप्लेक्स स्टारको भिडन्तको रुपमा पनि हेरिएको छ । दुबै नायकाका आफ्ना फ्यान फलोअर्सहरु पनि राम्रा छन् । तर बक्स अफिसमा को अब्बल रहने भनेले विशेष महत्व राख्दछ । यी दुई नायकाका पछिल्लो प्रदर्शन भएका फिल्महरुलाई नियाल्ने हो दुबै स्टारको फिल्मले राम्रो दर्शक पाएको रेकर्ड छैन । निखिलको रुद्रले नराम्रो घाटा ब्यहोर्नुपर्यो भने सौगातको फाटेको जुत्ताले व्यवासायिक घाटा नब्यहोरिएता पनि दशर्कको नजरमा भने सौगात अब्बल ठहरीन सकेन ।
त्यस कारण दुई नायकलाई अब स्टारडम जोगाउन र फिल्मलाई ब्यवासायिक रुपमा अब्बल बनाउन चुनौती खडा भएको छ । पिँजडा ब्याक अगेनलाई द्धन्द निर्देशक हिमाल केसीले निर्देशन गरेका हुन् । जसमा निखीलको अलवा सारा श्रीपाईलीको पनि मूख्य भुमिका रहेको छ । यता लालपुर्जामा सौगातको अलवा विपिन कार्की, कामेश्वर चौरासिया, मिरुना मगर, मेनुका प्रधान लगायतको भुमिका रहेको छ । लालपुर्जालाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् ।
सम्बन्धित भिडियोहरु पनि हेर्नुहोस् :
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस