पौषको रातमा पल र आँचलको मस्ती, सुटिङ सेटमा देखियो फ्यान क्रेज (भिडियो)

फिली फण्डा । पछिल्ला समयका स्टार नायक पल शाह अहिले फिल्म शत्रुगतेको छायांकनमा व्यस्त रहेका छन् । नायका पल र नायिका आँचल शत्रुगतेमा एक साथ काम गरिरहेका छन् । फिल्म शत्रुगतेका छायांकन अन्तिम अवस्थामा आईपुग्दा नायक पल र नायिका आँचललाई हामीले पौष महिनाको चिसो रातमा सुटिङ सेटमा नाचिरहेको फोला पारेका छौं । फिल्म शत्रुगतेकै एक गीत सुटिङको क्रममा पल र आँचललाई फेला पारेको हो । लगातार तीनदेखी फिल्म शत्रुगतेको छायांकन राजधानीमा भईरहेको छ ।
टंक बुदाथोकीको संगीत तथा टंक र मिना निरौलाको स्वर रहेको रुपै मोहनी बोलको गीत लगातार तीन देखी छायांकन भईरहेको निर्देशक प्रदिप भट्टराईले बताएका छन् । फिल्मको गीतको छायांकन रातको समयमा गरिरहेका छन् तर छायांकन स्थलमा भने पल र आँचलको फ्यानले रात जस्तो महशुस हुदैन ।
दिनमा झै रातभरी फ्यानहरु छायांकन स्थलमा आई सुटिङ हेर्ने, अटोग्राफ लिने, सेल्फि खिच्ने गरिरहेका छन् । पछिल्लो समयका स्टार पल लगातार फिल्ममा व्यस्त भईरहेका छन् । उनको यस बर्ष शत्रुगते भन्दा कुनै फिल्म प्रदर्शन हुनेछैन । किनकी यो बर्ष अभिनय गरेको फिल्म पलको शत्रुगते नै पहिलो हो । त्यसकारण प्रदर्शनको लागि शत्रुगते नै कुर्नुपर्ने हुन्छ । चैत्र ९ गते शत्रुगते प्रदर्शन हुनेछ ।
पल र आँचलको आफ्नै फ्यान फलोअर्स छन् । अरु बेला दिनमा मात्र यी फ्यानहरु पलसँग झुमिएको देखिन्छ । तर फिल्म शत्रुगतेको बौद्ध स्थित समता हस्पिटलमा छायांकन भईरहेको स्थानमा रातभरी उतिकै फ्यानहरु देखिएका हुन् । उक्त छायांकन स्थलबाट फिल्मको केही फुटेज सार्वजनिक भएको छ । हेर्नुहोस् सुटिङको लोकेशन र अवस्था :
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस