नायिका सारा श्रीपाईलीलाई किन गरियो अन्याय ( भिडीयो )

फिल्मी फण्डा । एक्शन नायक निखील उप्रेती र नायिका सारा श्रीपाईली अभिनित फिल्म पिँजडा ब्याक अगेनको ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा निखील उप्रेती र सारा श्रीपाईलीसँगको रोमान्स, विछोड र एक्सनलाई देख्न सकिन्छ ।
फिल्मको गीतमा अर्जुन पोखरेल र अन्जु पन्तको स्वर र संगीत, रामजी लामिछानेको कोरियोग्राफि रहेको छ भने शब्द मुक्त उदासको रहेको छ । फिल्मलाई एक्शन डाईरेक्टर हिमाल केसीले निर्देशन गरेका हुन् भने रोहित पुरी, चन्द्र बहादुर क्षेत्री र गोविन्द गैरेले लगानी गरेका हुन् । सौरभ लामाले खिचेको फिल्मको कथा मौनता श्रेष्ठले लेखेका हुन् ।
फिल्ममा निखील र साराको अलवा पुकार भट्टराई, ज्याक श्रेष्ठ, भोला सापकोटा, कुशाग्र भट्टराई र विना थापा लगायतको अभिनय रहेको छ । फिल्म माघ ४ गतेबाट देशव्यापी रुपमा प्रदर्शन हुदैछ ।
भिडीयो :
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस