मैथिली भाषामा राज्जा रानीको ट्रेलर ( भिडीयो )

फिल्मी फण्डा । मैथिली र नेपाली गरी दुई भाषमा रिलिज हुने फिल्म राज्जा रानीको मैथिली भाषाको ट्रेलर सार्वजानिक भएको छ । राजनीतिक, लब, रोमान्स र दाइजो प्रथाको बारेमा बोल्ने ट्रेलरलाई मैथिलीमा डब गरिएको छ । पौष २१ गतेलाई रिलिज डेट लक गरिएको फिल्मलाई यम थापाले निर्देशन गरेको हो ।
फिल्ममा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, चन्दन दत्तको सम्पादन, पुरुषोत्तम प्रधानको छायांकन, र विक्रम स्वारको नृत्य निर्देशन रहेको छ । केकी र नाजिरको अलावा फिल्ममा लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य लगायतको अभिनय छ । आर्यन फिल्मस् प्रोडक्सनको प्रस्तुती रहेको फिल्मको निर्माता रमेश एम.के पौडेल हुन् ।
भिडीयो:
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस