• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

रोमियो एण्ड मुनाको पहिलो पब्लिसिटी नै चिप
दुई केटीलाई दिउँसै नंग्याईयो, कस्तो होला फिल्म ? (भिडियो सहित)

  • 2017-12-14 
  • प्रकाशित

    Spread the love


    फिल्मी फण्डा । फिल्म रोमियो एण्ड मुनाले राजधानीमा एक कार्यक्रमको आयोजना गरि पहिलो प्रचार सामाग्री स्वरुप एउटा गीत सार्वजनिक गरिएको छ । तर पहिलो पब्लिसिटी नै चिप अर्थात सस्तो प्रचारबाजीको लागि फिल्मका टिमले सस्तो काण्ड रचेका छन् । फिल्मको गीत रिलिज कार्यक्रममा दिउँसै दुई नेपाली केटीलाई फिल्मका निर्माण टिम र नायक विनय श्रेष्ठले नंग्याईएको हो । फिल्मको स्याण्डविच बोलको गीत सार्वजनिक गर्न केही पारश्रमिक तिरेर दुई युवतीलाई अर्धनग्न अवस्थामा प्रस्तुत गरेका हुन् ।

    पिएनजि पिक्चर्स र भि मोशन पिक्चर्सले निर्माण गरेको फिल्म रोमियो एण्ड मुनाको यो किसीमको पब्लिसिटीले फिल्मलाई पक्कै नराम्रो असर पुग्नेछ । यस किसीमको फिल्मको प्रचारले नेपाली फिल्मी क्षेत्र कता उन्मूख हुदैछ भने पनि बुझ्न सहज हुन्छ । केही मेकरहरुले फिल्मलाई आधुनिक शैलीतिर लान खोजिएता पनि नेपाली दर्शकको लागि फिल्म निर्माण गरेपछि नेपाली समाज र नेपाली दर्शकको मनोभावलाई बुझ्न नसक्नु यसको कारक हो भन्दा फरक नपर्ला ।

    हुन त नेपाली समाजका केही वर्गका दर्शकहरु यो अवस्था नपुगेका होईनन् । तर खुल्ला रुपमा भने नेपाली समाजका कुनै पनि वर्गका दर्शकहरु यो अवस्थामा पुगेका पक्कै छैनन् । एडल्ट फिल्ममा यो किसिमको सिन तथा गीतहरु राख्नु वा राख्दै आएको यो पहिलो पटक भने होईन । तर पब्लिसिटीकै लागि भनेर यस्तो खालको सस्तो काण्ड रच्नुले फिल्मका निर्माण टिमको सोच र फिल्म कस्तो बनेको छ भने अनुमान लगाउन सकिन्छ । भलै यो फिल्मको गीतले सामाजिक सञ्जालमा दर्शकको क्लिक त पाउँला सँगसँगै गालि र ताली कति पाउने हो त्यो पनि केही दिनमै देखिनेछ । विशेषत पछिल्लो समय हराउँदै गईरहेका नायक विनयलाई यस गितले प्रत्यक्ष वा अप्रत्यक्ष असर गर्न सक्नेछ । फिल्म रोमियो एण्ड मुनालाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् । फिल्ममा विनयको अलवा श्रृष्टि श्रेष्ठ, प्रज्वल सुजल गिरी लगायतको पनि मूख्य भुमिका रहेको छ ।

    भिडियो :


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    ‘आँधी तुफान २’ निर्माण घोषणा
    चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ

    Recent Posts

    • ‘आँधी तुफान २’ निर्माण घोषणा
    • चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    • प्रकाश र आभाको ‘मुटु भरीको माया’ (भिडियो)
    • चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    • फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    • आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    • फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    • फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    • गायिका शोभा न्यौपानेको ‘हाम्रो कालापानी’ सार्वजनिक (भिडियो)
    • नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073