सलमान नयाँ फिल्म गर्दै, गोविन्दसँग टिमवर्क

फिल्मी फण्डा । टाईगर जिन्दा है को रिलिज पुर्व सलमान खानले नायँ फिल्म गर्ने उद्घोष गरेको छ । फिल्म पार्टनरका निर्माता सोहेल खानले निर्माण गर्न लागेको फिल्म सलमानले खेल्न लागेका हुन् । सोहेलले सलमान र गाविन्दालाई लिएर फिल्म पार्टनर बनाएका थिए । अहिले फिल्म पार्टनरकै सिक्वेल निर्माण गर्न लागिएको सोहेलले बताएका छन् । फिल्ममा सलमानसँगै टिमवर्कमा गोविन्दा नै रहने छ ।
निर्माण टिमका केहीले यो पार्टनरको सिक्वेल नहुन सक्ने समेत बताएका छन् । फिल्मलाई डेविड धवनले निर्देशन गर्दैछन् । यतिबेला बलिउडमा पार्टनर फिल्मको सिक्वेल बन्ने खबरले चर्चा पाइरहेको छ । फिल्म पार्टनर मा सलमान र गोविन्दाको कमेडी दर्शकले निकै मन पराएका थिए । सोहेलले यसको सिक्वेल अर्थात् ‘पार्टनर २’ निर्देशन गर्न सक्ने सम्भावना देखिएको छ । सलमानले रेस ३ पछी दबंग ३ को शुटिङ सुरु गर्नेछन त्यसकारण पनि पार्टनरको सिक्वेललाई दर्शकले दुई बर्ष भित्र हेर्न पाउने छन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस