हिट कलाकारहरुको फिट गीत ( भिडीयो )

फिल्मी फण्डा । नेपाली फिल्म शत्रुगतेमो रुपै मोहनी बोलको गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको पहिलो गीत सार्वजनिक गरिएको हो । गीतमा कविराज गहतराजको नृत्य, टंक बुढाथोकीको संगीत र लोकराज अधिकारीको स्वर रहेको छ । मह जोडी निकै समय पछि शत्रुगतेबाट पुन फिल्म निर्माणमा फर्किएका हुन् ।
यसअघि सुपरहिट फिल्म ’जात्रा’ निर्देशन गरेका निर्देशक प्रदीप भट्टराईले यो फिल्मको निर्देशन गर्दैछन् । हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद रहेको फिल्मका कार्यकारी निर्माता किरण केसी हुन् । रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौडेल फिल्मका निर्माता हुन् ।
नायक पल शाह र नायिका आँचल शर्मा यो फिल्ममा मुख्य भूमिकामा छन् । पल र आँचलका अलावा फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेल लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्ममा दीर्घ गुरुङको छायांकन रहेको छ ।
भिडीयो :
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस