अभिनेता शिव श्रेष्ठ नयाँ चलचित्र लिएर सिने नगरीमा कम ब्याक गर्दै

फिल्मी फण्डा । पछिल्लो समय पुरानो कलाकारहरु सिने नगरीमा सक्रिय रुपमा देखिने गरेको छ । यस्तैमा अहिले पुरानो चर्चित अभिनेता शिव श्रेष्ठले पनि फिल्म निर्माण गर्ने कुरा सुन्नमा आएको छ ।
सबै दर्शकहरुको मन मस्तिष्कमा बस्न सफल नायक शिव श्रेष्ठले फिल्मको लागि नाम समेत तय गरिसकेको सम्बधित स्रोतले बताएको छ । निर्माता दिनेश दर्शनधारीसँग मिलेर अभिनेता श्रेष्ठले चलचित्र बनाउन लागेको जनाएको छ । फिल्मको लागि पल शाह र सौगात मल्ल मुख्य भूमिकामा रहने कुरा भईरहेको सुन्नमा आएको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस