टाइगर जिन्दा हे नेपालमा पनि बम्पर

फिल्मी फण्डा । बलिउडका सुपरस्टार सलमान खानको फिल्म टाईगर जिन्दा है नेपालमा पनि प्रतिक्षित फिल्म हो । चुनावका कारण नेपालमा एक महिनादेखी राम्रो नेपाली फिल्महरु रिलिज भईरहेको छैन ।
यस बीचमा सलमान खानको टाईगर जिन्दा है रिलिज भएको छ । लब र भरपुर एक्सनले भरिएको फिल्म टाईगर जिन्दा है नेपालभरका सबै हलमा रिलिज भएको छ ।
२५ भारतीय र पाकिस्तानी नर्सहरुलाई बचाउनको लागि गरिएको मिसनमा आधारित फिल्मलाई अलि अब्बास जफारले निर्देशन गरेका हुन् भने फिल्मलाई आदित्य चोपडाले निर्माण गरेका हुन् ।
तेस्रो सिक्वेलको समेत घोषणा भइसकेको यो फिल्म २०१२ मा रिलिज भएको कबीर खान निर्दे्शित सुपरहिट फिल्म एक था टाइगरको सिक्वेल हो ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस