पूर्व मिस नेपाल रुविनाको बोबी, नर्वेमा हुदैछ प्रिमियर

फिल्मी फण्डा । फिल्म बोबीको नर्वेमा प्रिमियर हुने भएको छ । उक्त फिल्मको प्रिमियर मे १० मा हुने भएको हो । रियल जोडी उमेश थापा र कविता गुरुङको वास्तविक प्रेमकथामा आधारित फिल्म ‘बोबी’को नर्वे प्रिमियर हुने भएको निर्माण पक्षले जनाएको हो । मिलन चाम्स निर्देशित फिल्ममा नर्वेको मल्टीप्लेक्समा प्रिमियर हुने बताईएको छ । नर्वेमा रहेको स्क्यान्याण्डवियाको नोर्डिक्स फिल्म वितरण कम्पनिले प्रिमियर गर्न लागेको बताईएको छ ।
फिल्ममा कविता गुरुङ, उमेश थापा, विजय लामा, रुवी राना शाह, रवी गिरी, सुरवीर पण्डित, पुर्णिमा लामा, बादल भट्ट, रश्मि भट्ट, देशभक्त खनाल लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको स्क्रिप्ट संचारकर्मी नरेश भट्टराईले लेखेका हुन् । चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमामा ताराप्रकाश लिम्बुको संगीत, नवराज कृष्णको छायाँकन र अर्जुन जिसीको सम्पादन छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस