• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

फ्राईडे रिलिज : पर्दामा दुई फिल्म, सामाजिक कथामा लालपुर्जा र पिँजडा

  • 2018-01-19 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । आज शुक्रवारबाट देशव्यापी रुपमा दुई फिल्म एकसाथ रिलिज हुदैछ । निखील उप्रेतीको भरपुर एक्शन रहेको फिल्म पिँजडा ब्याक अगेन र विपिन कार्की तथा सौगात मल्लको रोमान्टिक ड्रामा रहेको फिल्म लालपुर्जा एकसाथ रिलिज भएको हो । दुबै फिल्म सामाजिक कथामा प्रस्तुत भएका छन् । लालपुर्जालाई मल्टिप्लेक्स टार्गेट भनिएको छ भने पिँजडा ब्याक अगेनलाई सिंगल थिएटर लक्षित भनिएको छ ।

     

    स्वर्गिय निर्देशक शिव रेग्मी प्रति समर्पित गरिएको फिल्म पिँजडा ब्याक अगेन स्वर्गिय श्रीकृष्ण श्रेष्ठ अभिनित फिल्म आफन्तबाट प्रभावित भएर बनाईएको हो । फिल्ममा केही नयाँपन थपिएको छ भने निखीलको एक्शनलाई राम्रै स्थान दिईएको छ । फिल्मको बुधवार राजधानीमा प्रिमियर सम्पन्न भएको थियो । प्रिमियर पछि फिल्मलाई राम्रो प्रतिक्रिया मिलेको छ । द्धन्द्ध निर्देशक हिमाल केसीको डेव्यु निर्देशन रहेको फिल्ममा निखिल र सारा श्रीपाईली सहित पुकार भट्टराई, ज्याक श्रेष्ठ, बाल कलाकार कुशाग्र भट्टराई लगायतको अभिनय छ ।

     

    श्रीराम बराल निर्मित ‘पिंजडा ब्याक अगेन’ मा रमेश सुवेदी र बाबुराज सह निर्माताको रुपमा रहेका छन् । यस्तै फिल्ममा बसन्त शर्मा र सुशान्त श्रेष्ठ कार्यकारी निर्माता तथा रोहित पुरी, गोविन्द गौरा र चन्द्र बहादुर खत्री निर्माताको रुपमा छन् । मौनता श्रेष्ठको कथा, सौरभ लामाको छायाँकन र निर्देशक केसीको द्धन्द्ध निर्देशन रहेको फिल्ममा अर्जुन पोखरेल, राजनराज सिवाकोटीको संगीत रहेको छ ।


    यस्तै नेगेटिभ बुद्धको ब्यानरमा निर्माण गरिएको फिल्म लालपुर्जाको पनि राजधानीमा विहीवार प्रिमियर सम्पन्न भएको थियो । प्रिमियर पछि लालपुर्जालाई अपेक्षित प्रतिक्रिया मिलेको छैन । फिल्म हेरिसकेपछि फिल्म वारे मिश्रीत प्रतिक्रिया प्रस्तुत भएको छ । मितेरी गाउँमा रहेका दाजु भाईको कथालाई उत्थान गरिएको फिल्मले दर्शकलाई सन्तुष्ट दिन सक्ने हो की हैन भने कुरा फिल्म हेसरसकेपछि थाहा होला । जे होस् प्रिमियरमा फिल्मलाई मन पराउने भन्दा मिश्रीत प्रतिक्रिया दिनेको बढि माहोल छ ।

    सौगात मल्ल, विपिन कार्की, मिरुना मगर र मेनुका प्रधान लगायतको मूख्य भुमिका रहेको फिल्मलाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्मलाई विक्रम सिंह थारुले निर्माण गरेका हुन् । निगमले निर्देशन गरेको फिल्म छड्के व्यवासायिक रुपमा असफल फिल्म हो । यसो त उनी नायिका मिरुना मगरलाई सेक्सुअल ह्यारिसमेन्ट गरेकै कारण सुनिल रावलको फिल्म लाउरेबाट निकालिएको विवाद चर्चा भएको थियो ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय

    Recent Posts

    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    • फिल्ममा समाबेस ,मुख्य दृश्य सहित “गोर्खे ”को गीत सार्वजनिक
    • नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    • समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    • बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)
    • गायिका एलिना चौहानको ‘ओई प्यारी’(भिडियो)
    • गायक रञ्जित परियारको ‘रेलको भाडा’ (भिडियो)
    • सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073