फिल्म गरुड पुराण निर्माण हुदैँ

फिल्मी फण्डा । फिल्म गरुड पुराण निर्माण हुने भएको छ । उक्त फिल्मलाई निर्देशक सुशन प्रजापति र सुवास कोइरालाले निर्देशन गर्ने भएको छ । आज बुधबार काठमाडौंमा एक कार्यक्रको कार्यक्रम आयोजना गर्दै उक्त फिल्म निर्माण घोषण गरेको हो । यस फिल्म मार्फत प्रियंका सिंह ठकुरीले नायिकाको रुपमा डेब्यु गर्ने भएकी छिन् । फिल्ममा कर्मा , कामेश्वर चौरसिया , प्रविन खतिवडा , नाजिर हुसेन, लुनिभा तुलाधर , प्रकाश घिमिरे , बसन्त भट्ट , नरेश पौडेल लगायतको कलाकार रहने भएको छ । फिल्म यसै साताबाट छायाँकनमा जाने भएको छ ।
अजित फिल्म्स ब्यानरमा निर्माण हुने फिल्मको छायाँकन काठमाण्डौ तथा आसपासका क्षेत्रमा हुने भएको छ । फिल्मलाई सुशनले खिच्ने भएको छ । फिल्ममा कसम नेपाल तथा आकाश बराल कथा, बिनोद खतिवडा, सुवास कोइरालाको पटकथा र आकाश बरालको संवाद रहेको छ । फिल्मको निर्माता अजित प्राजपति हुन् भने फिल्मका सह निर्माता अशोक गौतम हुन् । फिल्मलाई उज्वल ढकालले सम्पादन गर्नेछन ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस