मेरो कथामा फिल्म बन्छ–नाजिर हुसेन (भिडियो सहित)

फिल्मी फण्डा । यहि आउँदो शुक्रवारबाट प्रदर्शन हुन लागेको फिल्म राज्जा रानीका नायक नाजिर हुसेन यतिखेर फिल्मको प्रमोशनमा व्यस्त छन् । मिडियामा व्यस्त नाजिरले पहिलो पल्ट आफ्नो वास्तविक कथा प्रस्तुत गरे अर्थात आफ्नो परिवारको वारेमा नाजिरले भावुक हुदै जानकारी गराए । मिडियाकर्मीले परिवारको वारेमा केही जानकारी भनेपछि शुरुमा हाँस्दै केही कुरा सेयर गरेपछि उनी भावुक हुदँै गए । अन्तत उनी भावुक भए ।
विगत ९ बर्षदेखी कला यात्रामा संघर्ष गरिरहेका एक कलाकार हुन् नाजिर । आमाको देहान्तपछि राजधानीमै बसेर संघर्ष गरिरहेका उनले रंगमञ्चबाट आफ्नो यात्रा शुरु गरे । यहि क्रममा उनले आधा दर्जन फिल्ममा मधेशी पात्रको रुपमा भुमिका निर्वाह गरे । मधेशी मूलकै नाजिरले लिड रोलमै केही फिल्महरु गरे त्यसमा पनि उनी मधेशी पात्रकै रुपमा प्रस्तुत भएका छन् । फिल्म गाँठो हिट हुन सकेन । त्यसको केही समय उनी फिल्ममा देखिएनन् । पुन फिल्ममा देखिएका नाजिर राज्जा रानीबाट आशावादी छन् ।
धर्म विवेदको कारण घरमा आमा र बुबाको झगडा पछि आमा बुबा छुटिएर बसेको उनले बताए । त्यसपछि आमा बित्नुभयो र बुबा आफ्नै तरिकाले अन्तै बस्नुहुन्छ । दाई अहिले घरवार गरेर आफ्नै परिवारसँग बस्नुहुन्छ । म एक्लै छु । कला यात्रामा निरन्तर लागिरहेको छु । काठमाडौंमै संघर्ष गरिरहेको छु । मर्दा पर्दा मेरो यो काठमाडौंमा कोही छैन । बुबा अहिले पनि बोल्नु हुन्न । घर जाँदा दाईसाग बोल्छु । भावुक हुदै नाजिरले फिल्मी फण्डालाई बताए ।
नाजिरको आमा पहाडी मूलकी हुन् । हिन्दु धर्मकी आमा र मुस्लिम धर्मको बुबा । यसै क्रममा विस्तारै शुरु भएको थियो घर झगडा । त्यसपछि आमा बुबा छुटिन्ु भयो । आमाले दाई दिदीहरुको विहेवारी गरिदिए –नाजिरले भने । नाजिर आमासँगै रहे । पछि विरामी भएकै कारण आमाको देहान्त पछि नाजिर एक्लिए । आमाले नाजिरलाई केही चिनो दिएर गएकी थिईन्, जुन अहिले पनि नाजिरले सम्हालेर राखेको बताए ।
साँचिकै नाजिरको वास्तविकता सुन्दा फिल्मकै कथा जस्तो लाग्छ । यसरी निरन्तर संघर्ष गर्दै फिल्ममा रहेको नाजिर पहिले फिल्म गाँठोको कारण पछुटो लागेको र अहिले केही दर्शहरुले मधेशी भनेर हेप्दा दुख लागेको बताउँछन् । फिल्ममा उनीसँगै नायिका केकी अधिकारीको मूख्य भुमिका रहेको छ । फिल्मलाई यम थापाले निर्देशन गरेका हुन् भने रमेश एम के पौडेलले निर्माण गरेका हुन् । फिल्मले मधेशको कथासँगै दाईजो प्रथाको वारेमा बोल्नेछ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस