३२ रोपनीबाट ८ रोपनीमा सिमित विकास कम्पनि
१०० को सेयर १५ मा झर्यो, तर पनि विक्री भएन
१०० को सेयर १५ मा झर्यो, तर पनि विक्री भएन

फिल्मी फण्डा । जसले कम्पनीको ईतिहास समाप्त पा¥यो, उसैको मूर्ति कम्पनिमा बनाउने, सुन्दै अचम्म लाग्दो छ यहाँ । यस्तै भएको छ नेपाली फिल्म क्षेत्रमा । नेपाली चलचित्र क्षेत्रको बृहत्तर विकास र चलचित्रकै लागि सहज वातावरण बनाउन स्थापित तत्कालिन शाही चलचित्र विकास परिषद् अहिलेको चलचित्र विकास कम्पनि बालाजु हो । आज भन्दा २५÷३० बर्ष अगाडी देखी नेपाली फिल्मलाई प्रवाभकारी दंगले मूर्त रुप दिन नेपालमै प्रोडक्शन हाउस निर्माण गर्नुुपर्ने ठूलो चूनौती थियो । त्यसपछि त्यो चूनौतीलाई केही रुपमा भएपनि शाही चलचित्र विकास परिषद्ले पुरा गरिदियो । तर पछि उक्त शाही चलचित्र विकास परिषद्लाई प्राईभेटमा ल्याएर चलचित्र विकास कम्पनि बालाजु बनाईयो ।
त्यतिञ्जेल सम्म पनि विकास कम्पनि ले फिल्म क्षेत्रका लागि निकै राम्रा कामहरु गरेका थिए । रिलमा फिल्म खिच्नेबेलाताका विकास कम्पनिमै फिल्मको प्रोडक्शन लगायत कामहरु हुने गर्थे । अझ भनु जति पनि नेपाली फिल्महरु निर्माण हुन्छन् सबै विकास कम्पनि पुगेकै हुन्छन् । तर जब नेपालमा डिजीटल प्रविधीको शुरु भयो विस्तारै विकास कम्पनिबाट नेपाली फिल्मकर्मीहरु बाहिरिदै गए । किनकी चलचित्र विकास कम्पनि बालाजुले डिजीटल प्रविधीलाई अपडेट गर्न सकेन । यसो त शाही चलचित्र विकास परिषद् बाट चलचित्र विकास कम्पनि मा परिणत हुदाँ त्यसको प्रभावकारी विस्तारै घट्दै गईरहेको थियो । कम्पनिलाई प्राईभेटमा ल्याईसकेपछि पब्लिकको ४९ प्रतिशत र गोपिकृष्ण मुभिजको ५१ प्रतिशत सहित उद्धव पौडेलले कम्पनिको जिम्मा लिएका थिए । प्रति सेयर १०० मा ७ हजार कित्ता सेयर कम्पनिको रहेको थियो । कम्पनि घाटामा गईसकेपछि अझ भनु कम्पनि डुबिसकेपछि प्रति सेयरको मूल्य १५ रुपैयाँ सम्म आएको तर पनि किन्ने मान्छे कोही भएन ।
बालाजु औद्यौगिक क्षेत्रको अधिनमा रहेको ३२ रोपनि जग्गामा रहेको कम्पनिलाई गोपिकृष्ण मुभिजले ठेक्कामा लिईसकेपछि कम्पनिको स्थिती नाजुक बन्दै गएको फिल्मकर्मीहरुको भनाई छ । हाल कम्पनि ८ रोपनिमा मात्र सिमित छ । औद्योगिक क्षेत्रलाई निरन्तर जग्गाको भाँडा तिर्न नसकेपछि गोपिकृष्ण मुभिजले जग्गा फिर्ता गरेको हो । डिजीटल प्रविधीमा नेपाली फिल्म गएपछि विकास कम्पनिले त्याा ँभएका केही उपकरण र दुईवटा स्टुडियो बाहेक सञ्चालनमा ल्याउन सकेन । बर्षौसम्म कम्पनिको अवस्था त्यस्तै रह्यो तर गोपिकृष्ण मुभिजले कम्पनिकै नाम बेचेर फिल्म सम्बन्धि धेरै कार्यक्रम तथा अवार्डहरु गरिरहे । जहाँ अहिले पेट्रोल पम्प र मंगलम प्लाष्टिक ट्यांक रहेको छ । कम्पनिलाई कमाई खाने भाँडाको रुपमै गोपिकृष्ण मुभिजले प्रयोग गरिरहे । तर त्यसको नयाँ व्यवास्थापन र डिजीटल प्रणालीको प्रोडक्शन हाउस निर्माण गर्न नसक्नु र त्यो किसीमको वातावरण बनाउन नसक्नु गोपिकृष्ण मुभिजको ठूलो कमजोरी हो ।
पछिल्लो ७/८ बर्षमा कुनै पनि चलचित्रकर्मी त्यहाँ पुगेका छैनन् । किनकी त्याहा डिजीटल नेपाली फिल्मको काम हुनेगरि कुनै व्यवस्था र वातावरण छैन । कहिलेकाही दुईवटा स्टुडियो सञ्चालन हुर्दै आईरहेका थिए । तर त्यो पनि अहिले एउटा मात्र सञ्चालनमा छन् । जग्गा फिर्ता भईसकेपछि कम्पनिको ठूलो स्टुडियो भत्काईसकेको छ । गोपिकृष्ण मुभिजले कम्पनिलाई केही मूर्त रुप दिन नसके पछि अहिले बाहिरको संस्थालाई १० बर्षको लागि चलचित्र विकास कम्पनिनै भाँडामा दिएको छ । मनोज राज भण्डारीले अहिले कम्पनिलाई भाँडामा लिईएको हो । चलचित्र विकास कम्पनिमा कर्मचारीले तलब नपाएको समस्यादेखी चलचित्रकर्मीलाई ठगेको समस्यका कारण बिच बिचमा धेरै आन्दोलनहरु पनि भएका थिए । अहिलेको अवस्था हेर्ने हो भने चलचित्र विकास कमपनिको औचित्य समाप्त भएको छ । त्यहाँ न कुनै उपकरण छ न राम्रो स्टुडियो, न कर्मचारी । यो अवस्थामा गोपिकृष्ण मुभिजका प्रपूख उद्धव पौडेलको मूर्ती चलचित्र विकास कम्पनिको प्राङगनमा मा बनाउने निर्णयले विवाद चर्किएको छ । चलचित्रकर्मीहरु अहिले दुई धारमा उभिएका छन् । उद्धव पौडेल समर्थनहरु बनाउन हुन्छ भने तर्फ छन् भने ७० प्रतिशत भन्दा बढि चलचित्रर्मीहरु के का लागि जिउँदो मान्छेको मूर्ति विकास कमपनिमा बनाउने भनेर भनिरहेका छन् । कतिपयले त्यस्तो ईच्छा नै भए गोपिकृण हलमा बनाए हुन्छ भनेहरुको कमी पनि छैन यहाँ । वास्तवमा भने हो भने जसले कम्पनिलाई वर्वाद बनायो उसैको मुर्ति कम्पनिमा बनाउनु कतिको जायज होला । त्यसमा पनि कम्पनि छोड्ने बेलामा जिउँदै आफ्नो मूर्ति बनाउने कस्तो ईच्छा हो ?
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस