पल शाहलाई दार्जलिङ्गमा गरियो ऐतिहासिक सम्मान

फिल्मी फण्डा । भारतको सुन्दर पहाडी सहर दार्जलिङ्गमा नायक पल शाह लाइ पहिलो पटक बिषेश सम्मान दिइएको छ । केही दिन देखी दार्जलिङ्गमा रहेका पल लाइ दार्जलिङ्गको इतिहासमा पुरा सुरक्षा र सम्मान दार्जलिङ्ग प्रहरीले दिएको हो । दार्जलिङ्ग ट्राफिक प्रहरी प्रमुख दोर्जे शेर्पा आफै पल सँगै यात्रामा निस्केका थिए भने ए एस आइ मिलन गुरुङले साथ दिएका थिए ।
दार्जलिङ्ग बसेर हिन्दी चलचित्रमा ककाइन प्रडुसर रुपमा काम गर्दै आएका उमेश थापाले यस्तो सम्मान भारतिय नायक रनबीर कपुरहरुलाई पनि नदिइएको भन्दै नेपाली सुपरस्टारलाई दार्जलिङ्ग प्रहरीले दिएको सम्मान ऐतिहासीक भएको बताए । पलले दार्जलिङ्गका बिभिन्न स्थानको भ्रमण गरेका छन् भने प्याराग्लाइडिङ र वाल क्लाइम समेत गरेका छन् ।
पर्यटन ब्यबसायी महेश दिप ले पल शाह जस्तो सुपरस्टार लाइ दार्जलिङ्गले सम्मान गर्न पाउदा खुसी लागेको बताए । पल शाह चलचित्र जोनी जेन्टलम्यानको बिषेश प्रर्दशनको लागी दार्जलिङ्ग पुगेका हुन । उनको साथमा रहेका चलचित्रका निर्माता अजय मल्ल ठकुरीले दार्जलिङ्गका जनताको मागका कारण आगामी साता फेरी चलचित्र प्रदशन हुन लागेको बताए ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस