सिंगल थिएटरमा टिक्यो निखिलको स्टारडम, मल्टिप्लेक्समा लालपुर्जालाई गार्ह्रो (भिडियो)

फिल्मी फन्डा । शुक्रवारबाट रिलिजमा आएको दुई फिल्मको ब्यापार फरक–फरक पाईएको छ । सिंगल थिएटर लक्षित पिँजडा ब्याक अगेनले औसत ब्यापार गरेको छ भने मल्टिप्लेक्स लक्षित लालपुर्जाको ब्यापारमा निकै नै दरार देखिएको छ ।
निखिलको स्टारडमको फाइदा सिंगल थिएटरमा पिँजडालाई राम्रो भएको छ । आधिकारिक रुपमा कति कमायो भने जानकारी निर्माण टिम र वितरकले दिएको छैन । शुक्रवार ५५ प्रतिशत अकुपेन्सी कायम गरेको फिल्मले शनिवार ७५ प्रतिशत भन्दा बढि अकुपेन्सी कायम गरेको छ ।
यता मल्टिप्लेक्स टार्गेट भनिएको फिल्म लालपुर्जाले शुक्रवार र शनिवार ५० प्रतिशत को अकुपेन्सी कायम गर्न पनि सकेन । शुक्रवार ३० प्रतिशत अकुपेन्सी रहेको लालपुर्जाले शनिवार ४५ प्रतिशत अकुपेन्सी कायम गरेको छ । निखील उप्रेती र सारा श्रीपाईली अभिनित फिल्म पिँजडा ब्याक अगेन स्वर्गिय निर्देशक शिव रेग्मीको निर्देशन तथा स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठको अभिनय रहेको फिल्म आफन्तबाट प्रभावित भएर निर्माण गरिएको हो ।
निखीलको एक्शन समावेश गरि निर्माण गरेको फिल्मले सिंगल थिएटरको दर्शकलाई राम्रो मनोरञ्जन दिईरहेको निर्माण पक्षको दावी छ । वितरक गोपाल काजी कायस्थका अनुसार फिल्मले शुक्रवार १३ लाख बढि व्यापार गरेको थियो भने शनिवार २६ लाख बढि व्यापार गरेको बुझिएको छ । दुई दिनमा पिँजडा ब्याक अगेनले काठमाडौंमा मात्र झण्डै ४० लाखको व्यापार गरेको छ । यसबाट निर्माताको हातमा भने लगभग १५ लाख पर्ने देखिन्छ ।
यस्तै विपिन कार्की, सौगात मल्ल, कामेश्वर चौरासिया, मिरुना मगर, मेनुका प्रधान लगायतको मूख्य अभिनय रहेको फिल्म लालपुर्जाले कतिको व्यापार गर्यो भने आधिकारीक जानकारी गराएको छैन । मितेरी गाउँमा रहेको दुई दाजुभाईको झगडामा आधारित फिल्म लालपुर्जालाई विक्रम सिंह थारुले निर्माण गरेका हुन् भने निगम श्रेष्ठले निर्देशन गरेका हुन् । पिँजडा ब्याक अगेनलाई रोहित पुरी र गोविन्द गैरेको टिमले निर्माण गरेका हुन् भने द्धुन्द निर्देशक हिमाल केसीले पहिलो पटक निर्देशन गरेका हुन् ।
भिडियो :
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस