• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

Breaking: पुजाको फिल्ममा ‘तक्मे’ र ‘रविन्द्र’ पनि फाईनल, ‘माग्नेबुढा’सँग फेरि जोडी गाँस्दै ‘तक्मे’

  • 2018-01-14 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले निर्माण गर्न लागेको अनटाईटल नयाँ फिल्ममा केदार घिमिरे ‘माग्नेबुढा’ ले १० लाख पारश्रमिक लिएको खबर बाहिरिएदेखी फिल्मीबृत तरंगीत भएको छ । यसो त ‘माग्नेबुढा’ले १० लाख लिएकै कारण चर्चा बढिरहेको सुदर्शनको नयाँ फिल्मको चर्चा अझ बढि हुने निश्चित भएको छ । अनटाईटल राखिएको नयाँ फिल्मको लागि निर्देशक सुदर्शन थापाले कलाकारद्धय विल्सन विक्रम राई र रविन्द्र झा लाई पनि फाईनल अनुबन्ध गरेका छन् ।

    अब फिल्ममा पुजा शर्मा र नयाँ डेब्यु नायकको साथै केदार घिमिरे ‘माग्नेबुढा’, विल्सन विक्रम राई ‘तक्मे’ र रविन्द्र झाको पनि मूख्य अभिनय रहने भएको हो । यी कलाकारहरु फाईनल हुने बितीकै फिल्मको हेभिवेट अझ बढेको छ भने अर्को तिर फिल्मप्रति फिल्मकर्मी र दर्शकको आशा बढ्नेमा कुनै दुईमत छैन । फिल्मप्रति सबैले चासो बढाउन थालेको छ । कतिपयले सुदर्शनको यो फिल्मलाई सुदर्शनको ड्रिम प्रोजेक्ट भनिएको छ । यस कारण पनि यो फिल्म धमकेदारसँगै हिट हुने अनुमान गर्न सकिन्छ । अर्को प्रसंग के छ भने निर्देशक सुदर्शन थापाले ‘माग्नेबुढा’ र ‘तक्मे’लाई फेरि जोडीको रुपमा प्रस्तुत गर्न लागिएको हो ।

    सानो पर्दादेखी स्टेज कार्यक्रमहरुमा ‘माग्नेबुढा’ र ‘तक्मे’ले आफ्नो प्रस्तुती पस्केर लाखौं दर्शकहरुको मन जितिसकेको छ । पछि केही कारण यी दुई बिचको जोडी छुटेको थियो । तर सुदर्शन र पुजाको नयाँ फिल्ममा यी दुई एकै जोडीमा देखिने भएको छ । यसले अन्य हाँस्य प्रधान फिल्महरुलाई असर त गर्छ नै अर्कोतिर दर्शकहरुको चाहनालाई पनि पुरा गर्नेछ । फिल्मको सफलतासँगै ‘माग्नेबुढा’ र ‘तक्मे’को जोडीलाई दर्शकले पुन रुचाईएको खण्डमा फिल्म छक्का पञ्जा क्याम्पलाई कष्ट हुनेछ ।

    किनकी छक्का पञ्जा क्याम्पबाट निर्माण भएको सबै फिल्म हिट छन् जसको प्रमूख श्रेय ‘माग्नेबुढा’ हुन् । त्यस कारण पनि ‘माग्नेबुढा’ र ‘तक्मे’को जोडी सँगै नहोस् भन्ने चाहन्छ छक्का पञ्जा क्याम्प । रविन्द्र झा पछिल्लो समय निकै चलेका कलाकार हुन् । प्राय क्यारेक्टर रोलमा रविन्द्रलाई दर्शकले राम्रै माया दिईरहेको छ । ‘माग्नेबुढा’, ‘तक्मे’ र रविन्द्र रहने यो फिल्म कमेडी जनरामा रहनेमा कुनै दुईमत रहेन । सुदर्शन थापाले लभस्टोरी फिल्म राम्रै बनाउने सबैमा सर्वविदीतै छ । लभस्टोरी कमेडी कस्तो बनाउने हो त्यो २०७५ सालमा थाहा हुनेछ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय
    साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन सुरु
    फिल्म क्षेत्रलाई चलाएमान बनाउन मिलेर जानुको विकल्प छैन

    Recent Posts

    • बरुण धवन र नताशा दलाल बिहे गर्दै
    • सुधिर र समिक्षाको ‘माया तिरिरीरी'(भिडियो)
    • फिल्म ‘मनसँग मन’ को गीत सार्वजनिक
    • विनय र विनिताको स्वरमा ‘जुनि बिताउँला'(भिडियो)
    • अविनाश र अनिताको ‘तिनपाने’ (भिडियो)
    • नाजिर र उषाको ‘दिलमा फोटो’ रोमान्स
    • चर्चित र्यापर यमबुद्धको सम्झनामा सुनिल गिरीले ‘ल्याए शब्दहरु'(भिडियो)
    • संचारकर्मी बिनाको निर्देशनमा ‘न्याय मरेको देश’ (भिडियो)
    • रुपकसिंह र आयुष्माको ‘मिस्सिएर दुईटा खोला’ (भिडियो)
    • सीमा संग्रौलाको ‘उड्नु छ ‘ (भिडीयो)

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073