पुजाको कहानी कोर्ने राम आकाश, कुन जम्ने ? कमेडी की लाभस्टोरी !

फिल्मी फण्डा । निर्देशक सुदर्शन थापाको होम प्रोडक्शनमा निर्माण हुन लागिएको फिल्म रामकहानी सबै कलाकारहरु फाईनल भएका छन् । शुरुमा विल्सन विक्रम राई र रविन्द्र झा फाईनल गरेका टिमले पछि माग्नेबुढा र जितु नेपाललाई पनि फाईनल गरेको हो । फिल्मको लागि नायकको खोजी भईरहेको निर्माण पक्षले जानकारी गराईएको थियो । तर अब नायक पनि फाईनल भएका छन् ।
फिल्म राम कहानीमा फिल्म म त तिम्रै हुँबाट फिल्मी क्षेत्रमा आएका आकाश श्रेष्ठले अब सुदर्शन थापाको फिल्म रामकहानीमा नायिका पुजा शर्मासँग रोमान्स गर्ने छन् । कमेडी जनरामा निर्माण हुन लागिएको फिल्म रामकहानीमा क्यारेक्टर आर्टिष्ट पावरफुल रहने भएका छन् भने फिल्मका हिरो कमजोर देखिन्छन् । यसर्थ यो फिल्म छक्का पञ्जा २ को मोडालिटीमा गएको बुझ्न सकिन्छ ।
पुजा शर्मालाई फिल्म प्रेमगीतमा प्रदिप खड्का र म यस्तो गीत गाउँछु मा पल शाहसँगको जोडी निकै राम्रो भएको थियो । दुबै फिल्म हिट र पुजा शर्मा चर्चा मा रहेको थियो । फिल्म रामकहानीमा अगाडीका दुई फिल्ममा जस्तै पुजा र आकाशको जोडी सफल हुने हो की हैन त्यो पछि नै थाहा होला । फागुन पहिलो साताबाट फ्लोमा जाने फिल्म आगामी बर्षको भदौं २२ मा रिलिज गरिने समेत निर्देशक सुदर्शन थापाले बताए ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस