पोष्टरमा रोमियो र मुनाको रोमान्स

फिल्मी फण्डा । रोमियो र मुनाको रोमान्स पोष्टरमा देखिएको छ । हालै सार्वजनिक रोमियो एण्ड मुनाको पोष्टरमा रोमियो (विनय श्रेष्ठ) र मुना (श्रृष्टि श्रेष्ठ) को रोमान्स देखिएको हो । फिल्म आगामी फाल्गुन ११ गतेदेखि प्रदर्शनमा आउने छ ।
नरेशकुमार केसी निर्देशित फिल्म शहरमा बस्ने रोमियो र गाउँकी मुनाबिचको प्रेमयात्राको बीचमा बुनेको छ । फिल्म सुस्मा कार्की, प्रज्जवल सुजल गिरी, सुरक्षा पन्तको पनि मूख्य अभिनय छ ।
प्रशन्न गोपाली, रोजी श्रेष्ठ र राम शर्माको संयुक्त लगानी रहेको फिल्ममा दिपाङ्कर सिक्दरको छायाँकन रहेको छ । टिजर, पोस्टर र दुई वटा रिलिज गरिसकेको ‘रोमियो एण्ड मुना’ टिम प्रेसमिट मै दुई युवतीलाई अर्धनग्न रुपमा प्रस्तुत गरेर विवादित भएका थिए ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस