सलिनमानकी प्रेमिका अस्प्रिना, वर्ड-थे बाट बाहिरीयो जोडीको फोटो

फिल्मी फण्डा । पछिल्लो समय नेपाली फिलमी क्षेत्रका कलाकारहरुको जोडी प्रत्यक्ष रुपमा र अप्रत्यक्ष रुपमा बाहिर देखा पर्ने गरेका छन् । त्यहि बिचमा झरणा थापाको फिल्म ए मे रो हजुर २ बाट डेब्यु नायक सलिनमान बाँनियाको प्रेमिकाको फोटो पनि लिक भएको छ ।
सलिनमानले आफ्नो प्रेमिकाको जन्मदिनको अवसरमा आफ्नो सामाजिक सञ्जाललाई प्रयोग गर्दै केही फोटो सार्वजनिक गरेको हो । लिनमानकी प्रेमिका के गर्छिन् र कुन पेशामा आवद्ध छिन् भन्ने कुरा भने खुलाएकी छैनन् । एउटै फिल्ममा बाट यूवा पिढीँमा नोटिस भएका सलिनमान बाँनिया छिट्टै झरणा थापाको फिल्म ए मेरो हजुर ३ मा काम गर्ने भएका छन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस