शेरबहादुरलाई सेन्सरमा पिजी सर्टिफिकेट

फिल्मी फण्डा । आउँदो शुक्रवार रिलिज हुन लागेको फिल्म शेरबहादुरको सेन्सर पाँस भएको छ। आइतबार फिल्म शेरबहादुरलाई केन्द्रिय चलचित्र जाँच पास समितीले अभिभाकको साथमा बालबालिकाले हेर्न पौने गरि पिजी सर्टिफिकेट दीइएको छ। फिल्ममा कुनै पनि सिन काटिएको छैन। केही ठाउँमा रगत देखिएको कारण पिजी सर्टिफिकेट दीइएको निर्माता गौरी शंकर धुजुले बताए।
हलिउड फिल्मबाट प्रभावित फिल्म हलिउडको भन्दापनि राम्रो बनेको फिल्मका एशोसियट निर्देशक प्रदिप भट्टराईले बताएका छन। फिल्म शेर बाहादुर अर्थात सामाजिक मर्यादा बोकेको पात्रमा केन्द्रित छ। उक्त पात्र भने सुनिल थापाले निर्वाह गरेका छन् । बिशेषत शेरबहादुर एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको फिल्म हो । सुनिल थापा , कर्मा , मेनुका प्रधान, रविन्द्र झा यस फिल्मका मुख्य कलाकारहरु हुन् । फिल्मका निर्देशक आर राजवंशि हुन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस