कृ बाट अदितीलाई फाईदा के ? (फोटो फिचर सहित)
फिल्मी फण्डा । यो बर्षको सर्वाधिक चर्चा भएको फिल्म हो कृ । कृ प्रति दर्शकदेखी फिल्मकर्मी र मिडियाकर्मी पनि रिलिजपूर्व उत्साहित थिए । तर जब फिल्म हलमा आयो प्रतिक्रिया राम्रो आउन सकेन । मिश्रीत प्रतिक्रिया पाएको कृ ले न निर्मातालाई फाईदा दिन सक्यो न वितरकलाई । कृ बाट कसलाई के फाईदा भयो त ? सबैमा कौतुहलता हुन सक्छ । फिल्म कृ रिलिजपछि व्यक्तिगत रुपमा अनमोल केसीको फ्यानहरु अभै बढेका छन् । अनमोलको एक्शन लुक्सलाई कृ बाट तारिफ मिलेको छ । एक्शनमा पनि अब अनमोल जम्न सक्छ भने उदाहरण कृ ले दिएको छ ।
वास्तविकतामा जति फिल्म कृ चलेको हो त्यसको श्रेय अनमोल केसीलाई जान्छ । अनमोलकै स्टारडमले कृ केही रुपमा चलेको हो । व्यवासयिक रुपमा कृ सफल र असफल भन्दा पनि तेश्रो हप्ता सम्म आएर निर्माताहरुले व्यवासायिक रुपमा सास फेर्ने सम्मको वातावरण बनेको फिल्मी बृतमा हल्ला छ । फिल्मकी नायिका अदितीलाई व्यक्तिगत रुपमा के फाईदा भयो त ? फिल्म रिलिज पूर्व नायिका अदितीको कुनै चर्चा थिएन । अनमोलसँग नाम जोडीदै गर्दा बरु केही हल्ला थियो । फिल्मको प्रचारको समयमा अदिती पुरै छायाँमा परेकी थिईन् । त्यसकै कारण राजनितीक गुटले जस्तै आफ्नै मात्र पत्रकार सम्मेलन पनि गरिन् । तर उक्त कार्यक्रमले झन् उनको तारिफ नभई आलोचना बढि भयो । फिल्म रिलिज पश्चात पनि अदिती अनमोलको छायाँमै परिन् ।
फिल्ममा न उनको दमदार भुमिका छ न अभिनय । फिल्मको क्रिप्ट आफैमा कमजोर भएको कारण र उनको भुमिकाले उनलाई खासै केही फाईदा दिलाउन सकेन । केबल डेब्यु फिल्मको संज्ञा भने उनले पाइन् । अदितीलाई पापायाँ (सन स्क्रिन क्रिम) को ब्राण्ड एम्बेसडर भन्ने मौका मिल्यो तर त्यसको जस कृ लाई गएन । भारतीय मिडियाले ईन्स्टागामको उत्कृष्ट १० भारतीय मोडलको लिष्टमा उनलाई अटाईएपछि त्यो संयोग जुरेको थियो । तर फिल्म रिलिज पछि मात्र उनलाई ब्राण्ड एम्बेसडर घोषणा गरिएको हो । कृ मा अदितीको काम हेरेर उनलाई फिल्म अफर आउने छाँटकाँट त देखिदैन । व्यक्तिगत या पारिवारीक सम्बन्धले कतै अफर पाउलान् की भने अनुमान छ । हाल अदिती आफ्नै व्यक्तिगत कामले भारतमा रहेको उनको पारिवारीक स्रोतले जनाएको छ । कृ का नायक अनमोल केसी भने होम प्रोडक्शनको फिल्म क्याप्टेनमा व्यस्त हुने तयारीमा रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस