आँचल र आकाशको जोडीलाई यस्तो देखियो पोष्टरमा

फिल्मी फण्डा । जेठ ११ लाई अफिसियल रिलिज डेट घोषणा गर्दै फिल्म ब्ल्याकको फस्ट लुक सार्वजनिक गरिएको छ । उक्त पोष्टरमा आँचल शर्मा र आकाश श्रेष्ठ फिचरिङमा छन् । पोष्टरहरुमा आँचल र आकाशको रोमान्टिकसँगै आकाशको एग्रेसिभ रुप पनि देख्न सकिन्छ ।
आश्मा पाण्डे निर्मात्री रहेको फिल्ममा मौनता श्रेष्ठको लेखन, प्रदिप श्रेष्ठको निर्देशन, महेश खड्का र प्रतिक पौडेलको संगीत, चन्द्र पन्तको द्वन्द्ध, रामजी लामिछानेको कोरियोग्रफी र अर्जुन जि.सीको सम्पादन रहेकोछ । एक्सन लभस्टोरी जनरामा निर्माण भएको यस फिल्मका कार्यकारी निर्माता चेतन कुमार पाण्डे हुन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस