रणवीर र आलिया अर्को वर्षको भ्यालेन्टाइन डे को तयारीमा

फिल्मी फण्डा । फिल्म ‘गली व्वाय’ टिमले फिल्मको फस्टलुक सार्वजनिक गर्दै रिलिज डेट फिक्स गरेका छन् । रणवीर सिंह र आलिया भट्ट स्टारर फिल्म ‘गली व्वाय’ २०१९ को भ्यालेन्टाइन डे अथवा फेब्रुअरी १४ मा रिलिज हुने भएको छ । फिल्मलाई जोया अख्तरले निर्देशन गरेकी हुन् ।
उनले ‘लक बाई चान्स’, ‘जिन्दगी ना मिलेगी दोवारा’, ‘बम्बै टाकिज’ र ‘दिल धड़कने दो’ जस्त चर्चित फिल्महरु निर्देशन गरिसकेकी छिन् । यो फिल्म स्ट्रिट र्यापरको कथामा आधारित रहेको छ । अभिनेता फरहान अख्तर र रितेश सिधवानी फिल्मका निर्माता हुन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस