• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

मिलन चाम्सको ६ हप्तामा ३ फिल्म
प्रचार न्युन, एकले अर्कोलाई असर गर्ने संभावना

  • 2018-02-26 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । पटक–पटक गरेर चार पटक रिलिज डेट सारिएको फिल्म ह्यापि डेज अब चैत्र २ गते रिलिज गरिने नयाँ जानकारी निर्माण टिमले दिएको छ । पछिललो समय चैत्र १६ गते रिलिज हुने तयारी रहेको थियो । तर चैत्र ९ गते शत्रुगते रिलिज हुने भएपछि दोश्रो हप्तामा असर पर्ने कारणले ह्यापि डेज चैत्र २ गते अगाडी गएको स्रोतको दावी छ । यता चैत्र १६ गते हिन्दी फिल्म बाघी पनि रिलिज छ । त्यसकै कारण पनि ह्यापि डेज डराएको अनुमान छ । चैत्र ९ गते रिलिज हुने शत्रुगते कलाकारहरुको महासग्राम र छक्का पञ्जाको टिम सहित मह जोडीको पनि फिल्म भएको कारण दोश्रो हप्तामा जाने निश्चित छ त्यस कारण ह्यापि डेजलाई असर पर्न सक्छ । बाघीकै कारणले पनि ह्यापि डेज सरेको हो । सलमान खान, आमिर खान र शाहरुख खानका बाहेक बलिउड फिल्मले खासै नेपाली फिल्मलाई असर गर्दैन । बाघीसँग ह्यापि डेज डराउनु पर्ने कारण थिएन ।

    मिलन चाम्सले निर्देशन गरेको फिल्म ह्यापि डेज सहित अन्य फिल्महरु पनि फाल्गुन र चैत्र मै रिलिज हुने भएका छन् । फाल्गुन १८ गते ब्लाईन्ड रक्स, चैत्र २ गते ह्यापि डेज र चैत्र ३० गते लिलिबिली गरेर ६ हप्ता भित्र मिलन चाम्सको लगातार ३ फिल्म रिलिजले गर्दा एकले अर्कोलाई असर गर्ने हो की भन्ने चूनौती पनि छ । फिल्म ब्लाईन्ड रक्स र ह्यापि डेजको मिडिया हाईप पनि सोचे अनुसारको छैन । प्रचार न्युन भएकै कारणले मिलन चाम्सको शुरुवाती रिलिज फिल्मलाई असर पर्दै गयो भने एकले अर्कोलाई असर पार्ने निश्चित देखिन्छ । जसले गर्दा नयाँ बर्षको छेकोमा रिलिज गर्न लागिएको फिल्म लिलिबिलीलाई समेत असर पुग्ने संभावना देखिन्छ ।

    ह्यापि डेज भन्दा अगाडी फिल्म पञ्चायत, डेस्टिनेशन काठमाडौं रिलिजको लागि फाईनल भईसकेका छन् । कतै ह्यापि डेज नेपाली फिल्मकै चेपुवामा पर्ने त होईन ? त्यो रिलिज ताका नै थाहा होला ।

    फिल्मको रिलिज डेट परिवर्तनसँगै निर्मार्ण टिमले गीतको कभर भिडियो प्रतियोगिता पनि घोषणा गरेको छ । फिल्मको हिट गीत ‘चेप्टे चेप्टे पेरुंगो’ मा कभर भिडियो बनाउने मध्येका उत्कृष्टलाई १ लाख उपहार दिने गरि कभर प्रतियोगीता शुरु गरेको हो । युट्युबमा सर्वाधिक भ्युज पाउने भिडियोलाई निर्माण पक्षले विजय उत्कृष्ट गरिनेछ । दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकलको अभिनय रहेको फिल्मलाई बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा. अशोक खनालले संयुक्त रुपमा निर्माण गरेका हुन् । जे होस् चैत्र २ बाट अब नसरोस् फिल्म ह्यापि डेज ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय

    Recent Posts

    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    • फिल्ममा समाबेस ,मुख्य दृश्य सहित “गोर्खे ”को गीत सार्वजनिक
    • नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    • समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    • बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)
    • गायिका एलिना चौहानको ‘ओई प्यारी’(भिडियो)
    • गायक रञ्जित परियारको ‘रेलको भाडा’ (भिडियो)
    • सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073