• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

‘छक्का पञ्जा ३’ सँग जुधाउन ‘जय भोले’ बनाउँदै अशोक

  • 2018-02-08 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । २०७४ सालको दशै अर्थात फुलपातीको दिन रिलिज भएको फिल्म छक्का पञ्जा २ सँग निर्देशक, निर्माता, अभिनेता तथा वितरक अशोक शर्माको समबन्ध चिसीएको थियो । फिल्म छक्का पञ्जा टिमले अशोक शर्मालाई फिल्म वितरणको लागि दिईएको थियो । पछि आन्तरिक विवादका कारण छक्का पञ्जा २ डिसिएनले वितरण गरेनन् । त्यहि समयदेखी अशोक शर्मा र छक्का पञ्जा टिम बीच दुरी बढेको हो ।

    अशोक शर्मा एउटा राम्रो फिल्म बनाएर फिल्म छक्का पञ्जासँगै जुधाउन पहिल्यै देखी तम्सिरहेका थिए । फिल्म छक्का पञ्जा टिमले छक्का पञ्जा २ रिलिजकै बेला छक्का पञ्जा ३ २०७५ सालको दशै अर्थात फुलपातीको दिन रिलिज घोषणा गरिएको थियो । अन्तत यहि मितीमा रिलिज गर्ने उद्देश्यले अशोक शर्माले फिल्म निर्माण गर्ने भएका छन् । अशोक शर्माले निर्माण गर्न लागिएको फिल्मको नाम हो जय भोले । ३५ बर्ष फिल्म क्षेत्रमा बिताएका अशोकले ट्रक ड्राईभरबाट फिल्म निर्माणमा हात हालेका हुन् भने फिल्म सिताबाट निर्देशनको बाटो तय गरेका थिए ।

    आधा दर्जन बढि फिल्म निर्देशन गरेका अशोकले लगभग एक दर्जन फिल्म निर्माण गरिसकेका छन् । बीचमा फिल्म निर्माणबाट उनी वितरणमा लागेका थिए । नेपाली फिल्म क्षेत्रमा डिजीटल प्रविधीको आगमनसँगै डिसिएन सञ्चालनमा ल्याएका उनी लगातार वितरककै रुपमा लागिपरे । शुरु देखीनै फिल्म छक्का पञ्जा २ सँग जुधाउने लक्ष्य लिएका अशोकले कुनै पनि हालतमा फिल्म फुलपातिकै दिन लगाउने दावी गरे । फिल्म जय भोलेमा खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत, स्वस्तिमा खड्का, राजाराम पौडेल, बुद्धि तामाङ, जयनन्द लामा, अशोक शर्मा, बसुन्धरा भुषाल लगायतको अभिनय रहनेछ । फिल्मको कथा खगेन्द्र लामिछानेले लेखेका हुन् ।

    राजनराज शिवाकोटी र कल्याण सिंहको संगीत तथा बसन्त श्रेष्ठको नृत्य रहने फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । कमेडी जनरामा सोसल ड्रामा प्रस्तुत हुने फिल्मको छायाँकन फाल्गुन १ बाट शुरु हुने बताईएको छ । हाल सम्मको आफ्नो अनुभवलाई संगालेर फिल्म निर्माण र निर्देशनमा फर्किएका अशोक शर्माले आफुले बनाउन लागेको फिल्म राम्रो हुने प्रतिवद्धता व्यक्त गरे । फिल्म जय भोलेमा रहने अधिकांश कलाकारहरु फिल्म छक्का पञ्जा ३ मा पनि रहने अनुमान छ । जय भोलेमा किरण शर्मा, कृति शर्मा र अंकीत शर्मा निर्माताको रुपमा रहनेछन् । फिल्मको गीत संगीत र कमेडी ड्रामा राम्रो हुने निर्माण पक्षले दावी गरेका छन् । फिल्मको छायाँकन झापा र ईलाममा हुने बताईएको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय
    साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन सुरु

    Recent Posts

    • नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    • समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    • बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)
    • गायिका एलिना चौहानको ‘ओई प्यारी’(भिडियो)
    • गायक रञ्जित परियारको ‘रेलको भाडा’ (भिडियो)
    • सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक
    • निर्मल दाहालको ‘अचेल माया’ (भिडियो)
    • गायिका समिक्षा अधिकारीको ”चिनो रुमाल” (भिडियो)
    • सत्य घट नामा आधारित विजय र प्रतापको ‘पत्थरको मुटु’ (भिडीयो)
    • अन्जु सुनार र सन्दिप सुवेदी ‘मायाको डोरो’मा रोमान्स

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073