फ्राइडे रिलिज : पर्दामा स्वेताको कान्छी

फिल्मी फण्डा । फ्राइडे रिलिज अन्तर्गत आकाश अधिकारी निर्देशित फिल्म कान्छी आजबाट प्रदर्शन भएको छ । फिल्मलाई स्वेता खड्का र शैलेश खड्काले संयुक्त रुपमा निर्माण गरेका हुन् । जात, धर्म र लिङ्गको कुराले हुने भेदभावलाई मुख्य बिषय बनाएर निर्माण भएको फिल्ममा दयाहाङ र स्वेताको अलावा अनु शाह, प्रज्जवल सुजल गिरी, भूमिका श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
निर्माण टिमले आज ( शुक्रबार ) बिहान प्रेश शो पनि गरेका छन् । फिल्म हेरिसकेपछि सबैले राम्रो भएको प्रतिक्रिया दिएका छन् । आजबाट देशभरका हलहरुमा लागेको फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस