• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

कृ निर्माताको हातमा १६० लाख, बक्स अफिसप्रति सुस्मिताको कटाक्ष

  • 2018-02-17 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । यस बर्षको अपेक्षित फिल्म अर्थात गत हप्ता प्रर्दशन भएको कृले अहिले सम्मको सबै रेकर्ड तोड्ने अनुमान फिल्मका टिम र केही फिल्मकर्मीहरुको थियो । तर त्यो अनुमान एक हप्तामा फेल खायो । अर्थात कृ ले साचेजस्तो व्यापार गर्न सकेन । पहिलो दिन ५५ प्रतिशतको अकुपेन्सि कायम गर्दै सातौं दिन सम्म आउँदा फिल्मले १४ प्रतिशत सम्मको अकुपेन्सि कायम गरेको हो । फिल्म निर्माण टिमले फिल्म कृ ले एक हप्तामा ५ करोड बढि व्यापार गरेको दावी गरेका छन् । बक्स अफिस प्रक्रिया लागु भएको एक हप्ता भयो तर बक्स अफिसको आधिकारीक रिपोर्ट आउन अझै ३/४ बर्ष कुर्नुपर्ने नेपाली फिल्मी क्षेत्रमा आफ्नो फिल्मलाई नहेपोस् भनेर व्यापार बढाएर जानकारी दिनु कुनै नौलो हैन ।

    चलचित्र संघले व्यापार बढाएर रिपोर्ट गर्ने निर्माता तथा वितरकहरुलाई कार्वाही गर्ने चेतावनी दिएपनि निर्माता तथा वितरकहरुबाट त्यस किसिमको गलत रिपोर्टहरु निरन्तर आईरहेका छन् । फिल्म कृ को पनि एक हप्तामा पाँच करोड बढि को रिपोर्ट फिल्मका टिम र वितरकले दिएका छन् । तर सबै शहरका मूख्य स्टेशनका हलहरु र काठमाडौंका हलहरुको स्रोत अनुसार फिल्मले एक हप्तामा ४५८ लाख मात्रै कारोवार गरेको हो । निर्माता तथा फिल्मका विरतकको भनाई अनुसार फिल्मले एक हप्तामा ५ करोड बडि व्यापार गरेको दावी गरेका छन् तर फिल्मले एक हप्तामा १६० लाख नेट मात्रै कमाएको हो । फिल्म कृ केही हलमा दोश्रो हप्तामा लागिरहेको छ ।

    पहिलो दिन ९० लाख (५५ प्रतिशत अकुपेन्सि )
    शनिवार १ करोड ५० लाख (९० प्रतिशत अकुपेन्सि)
    आईतवार ५५ लाख (३७ प्रतिशत अकुपेन्सि)
    सोमवार ३७ लाख (२७ प्रतिशत अकुपेन्सि)
    मंगलवार ७० लाख (४७ प्रतिशत अकुपेन्सि)
    बुधवार ३२ लाख (२१ प्रतिशत अकुपेन्सि)
    विहीवार २४ लाख (१४ प्रतिशत अकुपेन्सि)
    जम्मा ग्रस व्यापार ४५८ लाख
    निर्माता को हातमा पर्ने १६० लाख

    फिल्मको लगानी ३५० लाख
    उठाउन बाँकी १९० लाख
    डिजिटल राईट बाट ८० लाख
    विभिन्न प्रायोजक तथा ब्रान्डिङ बाट ६५ लाख
    निर्माताको हातमा सबै बाट ३०५ लाख

    अझै उठाउन बाँकी रकम ४५ लाख

    छोराको फिल्ममा आमाको कटाक्ष किन ?
    अनमोल केसीका आमा सुस्मिता केसीले छोराको फिल्म कृ को बक्स अफिस रिपोर्टलाई लिएर केही स्टाटसहरु सार्वजनिक गरेकी छिन् । पूर्व पति भुवन केसीलाई सुगर ड्याडीको ट्याग भिडाउँदै फिल्मले १५० लाख नै कमाएको हो किन झुटो बोल्नु लगायतका आरोप सहित कटाक्ष गरेकी हुन् । उनले लेखेको स्टाटस जस्ताको तस्तै ः ‘के नाटक गरिरा होला ? कति हाँस्नु, नाफा भएपनि कसले माग्छ , घाटा भए पनि कसले दिन्छ ? चुपचाप बसे भै हाल्यो नी !’ एक पचास जति गयो त, हामी सबलाई थाहा छ भन्दै नगएको र आएको भन्दै कसलाई उल्लु बनाको होला ? ‘टेन्सन फ्री, टेन्सन फ्री लेख्दै चल्दैछ सेकेण्ड वीकमा एटिएम सुगर ड्याडीको सुगर फ्री ।

    सुगर ड्याडी भने अग्रेजी शब्द हो जसको अर्थ बुढो उमेरको केटाले किशोरी अवस्थाको केटीसँग प्रेम गर्नु, रोमान्स गर्नु आदि बुझाउँछ । सुस्मिताले भुवन केसी र उनकी प्रेमिका जिया केसीलाई कटाक्ष गरेको बुझ्न सकिन्छ । उनले शुक्रवार राखेको स्टाटस शनिवार विहानै डिलिट गरिसकेकी छिन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    Recent Posts

    • प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    • पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)
    • मिस नेवा:मा पन्ध्र प्रतिस्पर्धी
    • फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    • मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    • हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073