• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

टिक्यो स्टारडम टिकेन अकुपेन्सि, ‘कृ’ले शो थप्न सकेन (बक्स अफिस)

  • 2018-02-09 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । यस बर्षको बहुप्रतिक्षित भनिएको फिल्म कृ आज शुक्रवारबाट नेपालभर प्रदर्शनमा आएसँगै दर्शकहरुको विभिन्न प्रतिक्रियाहरु पनि आईरहेका छन् । फिल्मको राम्रो भन्दा पनि नराम्रो प्रतिक्रियाहरु बढि आईरहेका छन् । अनमोल केसीकै कारण सर्वाधिक चर्चामा रहेको फिल्म कृ ले अहिले सम्मकै सर्वाधिक हल पाउन सफल भए । यस अघि फिल्म छक्का पञ्जाले १०० बढि हल पाएको थियो भने फिल्म लज्जाले ११० बढि हल पाएको थियो । अनमोल केसीको स्टारडमकै कारण कृ ले देशभर ११५ बढि हल पाएको वितरकहरुको भनाई छ ।

    अनमोलको स्टारडमको कारण ३ दिन फिल्मले बम्पर ईनिसियल व्यापार गर्ने अनुमान सबैको थियो । तर अनुमान गरे जस्तो परिस्थिती सहज भएन । ईनिसियल त भयो, तर सोचेको जस्तो भएन । मल्टिप्लेक्समा भन्दा सिंगल थिएटरमा अनमोल केसीको स्टारडम टिकेको छ । शुक्रवार विहान राजधानीका गोपी कृष्ण हलमा ३ पर्दा सहित अन्य सिंगल थिएटरहरु हाउसफुल भयो । तर मल्टिप्लेक्समा विहान ३० प्रतिशत पनि अकुपेन्सि राख्न सकेन । फिल्मले दिउँसो र साँझको शो मा हाउसफुलको बाटो तय गर्यो । अनमोल केसीको फिल्म भन्दै धेरै दर्शकहरु हलमा आएको पक्कै हो । यस अर्थमा अनमोल केसीको स्टारडम टिकेको प्रमाणित हुन्छ ।

    फिल्म हेरिसकेका अधिकांश दर्शकहरुले निर्माताले फिल्म नयाँ तरिकाले बनाउन खोज्दा खोज्दै केही कमजोरी रहेको लगायत नराम्रो प्रतिक्रियाहरु दिए । विशेष गरि यूवतीहरुले अनमोलको तारिफ गरेका छन् भने कतिपयले अनुप विक्रम शाहीको पनि तारिफ गरेका छन् । दुई बर्ष पछि पर्दामा फर्केका अनमोलले जति मेहनत खर्चेका छन् त्यो अनुसारको फिल्म नरहेको धेरैको भनाई छ । ओपनिङ अनुसार फिल्मले आईतवार सम्म ईनिसियल व्यापार गर्ने छ भने आईतवारदेखी व्यापारमा दरार रहने अनुमान छ ।

    शुक्रवार दिनभरको देशभरी अकुपेन्सि हेर्ने हो भने ५५ प्रतिशत मात्रै रहेको छ । राजधानीमा फिल्मले ६० प्रतिशत अकुपेन्सि कायम गरेको छ भने राजधानी बाहिर ५० प्रतिशत मात्रै अकुपेन्सि कायम गरेको छ । यस अघि फिल्म म यस्तो गीत गाउँछु, छक्का पञ्जा लगायतले ७० प्रतिशत अकुपेन्सि कायम गरेको थियो । यसर्थ फिल्मले सोचेको जस्तो अकुपेन्सि भने कायम गर्न सकेन । फिल्मलाई भुवन केसी र सुवास गिरीले संयुक्त रुपमा निर्माण गरेका हुन् भने सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । फिल्म कृ ले शुक्रवार सोचेको जस्तो अकुपेन्सि कायम गर्न नसक्दा मल्टिप्लेक्समा शो थप्न सकेको छैन । बरु आईतवार शो घट्न सक्ने संभावना छ ।


     


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय
    साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन सुरु
    फिल्म क्षेत्रलाई चलाएमान बनाउन मिलेर जानुको विकल्प छैन

    Recent Posts

    • बरुण धवन र नताशा दलाल बिहे गर्दै
    • सुधिर र समिक्षाको ‘माया तिरिरीरी'(भिडियो)
    • फिल्म ‘मनसँग मन’ को गीत सार्वजनिक
    • विनय र विनिताको स्वरमा ‘जुनि बिताउँला'(भिडियो)
    • अविनाश र अनिताको ‘तिनपाने’ (भिडियो)
    • नाजिर र उषाको ‘दिलमा फोटो’ रोमान्स
    • चर्चित र्यापर यमबुद्धको सम्झनामा सुनिल गिरीले ‘ल्याए शब्दहरु'(भिडियो)
    • संचारकर्मी बिनाको निर्देशनमा ‘न्याय मरेको देश’ (भिडियो)
    • रुपकसिंह र आयुष्माको ‘मिस्सिएर दुईटा खोला’ (भिडियो)
    • सीमा संग्रौलाको ‘उड्नु छ ‘ (भिडीयो)

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073