• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

कन्फ्युजन माथिको फ्युजन हो कृ : फिल्म समिक्षा

  • 2018-02-11 
  • प्रकाशित

    Spread the love

    समीर बलामी / फिल्मी फण्डा । चर्चा र परिचर्चाको सेरोफेरोमा रहिरहने कलाकार हुन् अनमोल केसी । फिल्म गर्दा समयको ग्याप होस् या व्यक्तिगत आचरण, चर्चा उनैको छ । अरु कलाकार भन्दा फरकशैलीका उनी व्यवाहारिक रुपमा पनि फरक नै छ । त्यसैले अनमोलको चर्चा चुलिएको पनि हो । तर कहिँले काँही चर्चामै रहेको कलाकारहरुले आफ्नो कामको वारेमा मेसो पाउन सकेनन् भने नराम्ररी चिप्लिन पनि सक्छन् । हो त्यस्तै भएको छ अनमोल केसीलाई पनि । यो पटक अनमोल नराम्ररी चिप्लिएका छन् । दुई बर्षको ग्याप र मेहनतका साथ आएका अनमोलले आफुले कुन विषयमाथि काम गर्दैछु र त्यो विषय उत्कृष्ट होला की नहोला भने मेसो नपाउँदा उनी चिप्लिएका हुन् । अनमोलको पाँचौं फिल्म हो कृ । मेहनत र समयको कारण चर्चामा रहेको कृ विषयवस्तुको आधारमा अनमोलको सबैभन्दा कमजोर फिल्म सावित हुन गएको छ ।

    पुरानो भत्कन लागेको घरलाई जतिनै झिकिझकाऊ र राम्रो रंग लगाए पनि त्यो घरको आयु हुदैन । बाहिर रंग चम्केसम्म राम्रो देखिने हो, त्यसपछि भत्कने नै हो । बिचरा राम्रो रंग लगाउने मान्छेको समय मात्र बर्बाद । असफल चिजलाई सफलताको शुभकामना दिएर के गर्नु ? मतलब पुरानो र कमजोर कथालाई नयाँढंगले प्रस्तुत गर्न खोजिएपनि कमजोर त आखिर कमजोर नै हुन्छ । त्यस्तै भएको छ कृ को विषयवस्तु । बरु रंग रोगनको काम गर्ने टेक्निसियनहरुको प्राविधिक काम निकै बलियो देखिन्छ तर यसले पुरा फिल्म धान्न सक्दैन । कमजोर कृ लाई सबैले राम्रो चलोस् भनेर मात्र के गर्नु अन्तत दर्शकले गालि गरेपछि । कृ कै विषवस्तुमा आधारित ५० बढि नेपाली फिल्महरु छन् । केही फरक लाग्दैन । बच्चामा छुट्नु, ठूलो भएपछि भेट्नु, चिन्नको लागि बच्चामै सामान साटासाट गर्नु अनि पछि सामानकै कारण थाहा पाउनु, उही कथा, अनि उही विषय ।

    फिल्मको कथा लेख्दा अनमोलको ड्रिम्सको ह्याङओभरमा लेखिएको बुझिन्छ । तर प्रस्तुत गर्ने शैली भने आमिर खानको बलिउड फिल्म गजीनी र अल्लु अर्जुनको साउथ ईन्डियन फिल्म सराईनोडुबाट प्रभावित भएको देखिन्छ । कृ मा अनमोल केसीको फिजिकल ट्रिटमेन्ट र एक्शन हेर्दा यी दुई बलिउड फिल्मबाट प्रभावित भएको देखिन्छ जसमा गन्ध ड्रिम्सको आउँछ । यो तीन फिल्मको कन्फ्युजन नै फिल्म कृ हो । कन्फ्यजनमा तयार पारेको कथालाई अर्को फ्युजन भने निर्देशक सुरेन्द्र पौडेलले गरेको देखिन्छ । अनमोल नै सवथोक हो, निर्देशकले केही गर्न नपर्ने जस्ता अस्भाविक पक्ष पनि प्रस्तुतीले झल्काउँछ । अनमोलको अपोजिट बलियो गुण्डा हाल्नै पर्ने मनसायले जबर्जस्ती चार करोडको ट्याग झुण्डाएर लाउडमा निगम बाबा (अनुप विक्रम शाही) लाई प्रस्तुत गर्नु र यस्ता थुप्रै अस्वभाविक पक्षहरुले निर्देशक नाम मात्रैको रहेको प्रष्ट हुन्छ । अनमोलका फ्यान र अनमोलबाट प्रभावित हुनेहरुका लागि कृ ठिकै हुन सक्ला, त्यस बाहेकका लागि कृ पूर्ण रुपमा बेकार फिल्म हो । अस्वभाविक पुरानै कथा एकातिर अर्को तिर लभस्टोरी र एक्शनको फ्युजनले कृ असफल फिल्म बनेको छ । यसर्थ कन्फ्युजन माथिको फ्युजन हो फिल्म कृ ।

    लाहुरे (अनमोल) आफ्नो बाल्यकालको प्रेमिका केशर (अदिती)लाई खोज्दै भिरकोट पुग्छ । बिच बाटोबाट लाहुरेलाई कसैले सहि ठेगानामा झोला पुराईदिन भन्दै झोला दिनु र उक्त झोला केशरको हुनु नाटकीय लाग्छ । नाटकियढंग बाटै सजिलै लाहुरेले केशरलाई भेट्छ । केशरलाई लाहुरेले चिनाउँन नखोज्नु अनि केशरले लाहुरेको वारेमा नबुझ्नु मूल कथाको शुरुवाट हो । जब पछि लाहुरेले केशरलाई आफ्नो वास्तविकता सुनाउन खोज्छ तब लाहुरेलाई नै कुरेर बसेकी केशरले आफ्नो सम्बन्ध अरु कसैसँग छ भनेर भन्छ । लगतै लाहुरे काठमाडौं फर्कनु र लाहुरेले बच्चामा केशरले दिएको चिनो छोडेर गएपछि केशरले भेट्नु अनि लाहुरेलाई चिन्ने पछि उनलाई खोज्दै काठमाडौं जानु कथाको ट्रयाक हो । केशरले लाहुरेलाई भेट्छकी भेट्दैन या लाहुरेले केशरलाई पाउँछ की पाउँदैन भने सेरोफेरोमा कृ घुमेको छ ।

    केशर काठमाडौं पुेगर लाहुरेलाई खबर गर्छ र लाहुरे केशरलाई लिन आउँछ । सडक वारीपारी बाट भेट्न खोज्दा खोज्दै एउटा बस हुईकिएसँगै केशर हराउनु अस्वभाविक लाग्छ । ४ करोडको ट्याग पाएका निगम बाबा ४० वटा टुरिष्ट बसको मालिक पनि हो । ऊ कसरी बसमा हिड्छ र बस्छन् भने पनि अच्चम्म लाग्दो छ । ४ महिना हस्पिटल बसेर निस्केको लाहुरेमा खासै केही परिवर्तन देखिदैन । ४ महिना पछि बसपार्कमा बस भेट्नु र ४ महिना पछिसम्म पनि बसभित्रै केशरको झोला भेट्नु फिक्का लाग्छ । यति मात्र हैन लाहुरकै घरमा आमाको अगाडी केटीहरुको लाईन लाग्नु, राम्री केशरको नजिक हुन चकलेटी अनमोललाई कुस्ती खेलाउनु, लाहुरेले चिनो छोड्ने बितीकै बढार्दै आएकी केशरले देख्नु, हरर फिल्ममा जस्तै केशरको सल उडेर आउनु र उडेरै जानु, अनावश्यक ४ करोडको ट्याग निगम बाबालाई झुण्डाउनु, अनावश्यक गीत सिक्वेन्स नमिल्नु जस्ता धेरै समस्याहरुले फिल्मलाई मूख्य ट्रयाकमा सुरेन्द्र पौडेलले ल्याउन सकेका छैनन् ।

    निर्माताहरुले मन लगाएर खर्च गरेका छन् । पुरुषेत्तम प्रधानले निकै नै मेहनत गरेर चकि चकाऊ सिनहरु खिचेका छन् । उत्तम न्यौपानेको ब्याक राउण्ड म्युजिक मस्त छ । स्कटल्याण्डको सिनभन्दा भिरकोटको पाखा पखेरो मनमोहक देखिन्छ । तर यी सबै हुँदा हुँदै निर्देशक पौडेलले आफ्नो कौशलता प्रस्तुत गर्न सकेको छैन । दर्शकहरुको रोजाईका स्टार अनमोल केसीलाई चकलेटी र एक्शनमा उतार्न खोज्दा खोज्दै पटकथा कमजोर हुनाले दर्शक अलमालमा पर्छन् । फिल्मले न शिक्षा दिन सक्छ, न फिल्मी क्षेत्रलाई फाईदा पुग्ने कुनै पक्ष सबल देखिन्छ । बरु अनमोललाई एक्शनमा पनि प्रस्तुत गर्न सकिन्छ भने कृ ले देखाएको छ ।

    फिल्म : कृ
    निर्देशक : सुरेन्द्र पौडेल
    निर्माता : सुवास गिरी र भुवन केसी
    कलाकार : अनमोल केसी, अदिती बुदाथोकी, अनुप विक्रम
    रेटिङ  १.५/५

     


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय
    साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन सुरु
    फिल्म क्षेत्रलाई चलाएमान बनाउन मिलेर जानुको विकल्प छैन

    Recent Posts

    • बरुण धवन र नताशा दलाल बिहे गर्दै
    • सुधिर र समिक्षाको ‘माया तिरिरीरी'(भिडियो)
    • फिल्म ‘मनसँग मन’ को गीत सार्वजनिक
    • विनय र विनिताको स्वरमा ‘जुनि बिताउँला'(भिडियो)
    • अविनाश र अनिताको ‘तिनपाने’ (भिडियो)
    • नाजिर र उषाको ‘दिलमा फोटो’ रोमान्स
    • चर्चित र्यापर यमबुद्धको सम्झनामा सुनिल गिरीले ‘ल्याए शब्दहरु'(भिडियो)
    • संचारकर्मी बिनाको निर्देशनमा ‘न्याय मरेको देश’ (भिडियो)
    • रुपकसिंह र आयुष्माको ‘मिस्सिएर दुईटा खोला’ (भिडियो)
    • सीमा संग्रौलाको ‘उड्नु छ ‘ (भिडीयो)

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073