कुसुम श्रेष्ठ ( तरकारीवाली ) लाई यस्तो देखियो फिल्मको पोष्टरमा

फिल्मी फण्डा । केही समय अघि तरकारीवाली को नामले चर्चामा रहेकी नायिका कुसुम श्रेष्ठद्वारा अभिनित फिल्म “लम्फू“ को पोष्टरहरु सार्वजनिक भएको छ । फिल्म युनिटले फरक – फरक किसिमका तीन पोस्टरहरु सार्वजनिक गरेका छन् । जसमा फिल्मका लिड कलाकारहरुलाई देख्न सकिन्छ ।
फिल्म युनिटले यस अघि फिल्मका चार वटै गीतको अडियो भर्सन सार्वजनिक गरिसकेका छन् । गीतमा अर्जुन पोखरेको संगीत, प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल, शुरेष लामा र अप्सरा घिमिरेको स्वर रहेको छ । २०७५ बैशाख २८ गते रिलिज हुने यस फिल्ममा एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरुलाई समेतेको छ ।
फिल्ममा नव नायक कबिर खड्का सहित सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई र नव नायिका कुशुम श्रेष्ठको अभिनय रहेको छ । फिल्मलाई गोपालचन्द्र लामिछानले निर्देशन गरेका हुन् । पपुलर मल्टिमिडियाको ब्यानरमा निर्मित यस फिल्मलाई दिपक बज्राचार्यले खिचेका हुन् भने शक्तिबल्दब घोरासैनीले निर्माण गरेका हुन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस