छुल्ठिम सँग कम्मर मर्काउँदै रोहित (गीत)

फिल्मी फन्डा । नेपाली फिल्म ’नेप्टे’को नयाँ गीत ’दिल रानी’ सामाजिक सञ्जाल युट्यूब मार्फत रिलीज गरिएको छ । गीतमा सन्तोष राजको संगीत, यमनाथ मैनालीका शब्द रहेको छ भने उदित नारायण झा र सेलिना कुँवरको स्वर समावेश छ ।
गीतको भिडियोमा कबिराज गहतराजको कोरियोग्राफीमा नायक रोहित रुम्बा र नायिका छुल्ठिम गुरुङ्गलाई देख्न सकिन्छ । किरण माइकलको पटकथा एंव संवाद रहेको फिल्ममा रोहित आँफैले कथा लेखेका छन् । फिल्ममा दयाहाङ राई, छुल्ठिम गुरुङ, रोहित रुम्बा, वुद्दि तामाङ, पुर्णिमा लामा, प्रनिशा सिलवाल, ए गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको निर्देशक भने देव कुमार श्रेष्ठ हुन् ।
चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको कलाकार रोहित रुम्बाद्वारा निर्मित ‘नेप्टे’ लाई हरी घले लामाले खिचेका हुन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस