‘शत्रु गते’ निर्माताको हातमा पहिलो दिन ३५ लाख (भिडियो)

फिल्मी फण्डा । शुक्रवारबाट रिलिज भएको फिल्म शत्रुगतेले शुक्रवार ६० प्रतिशत अकुपेन्सी कायम गरेको थियो भने आज शनिवार देशभर ८५ प्रतिशत अकुपेन्सी कायम गरेको छ । शुरुवाती दिनमा ओपनिङ औसत रहेको शत्रुगतेले दर्शक प्रतिक्रिया भन्ने राम्रो पाएको छ । अधिकांश मल्टिप्लेक्स सँगै सिंगल थिएटरहरु पनि शनिवार हाउसफुल भएको छ । शुक्रवार देशभरिबाट फिल्मका निर्माण टिमले ३५ लाख हाराहारी मात्रै कमाएको छ ।
शुक्रवार राजधानीमा ५९ लाख भन्दा माथीको कारोवार गरेको छ भने राजधानी बाहिर २७ लाख माथीका कारोवार गरेको बुझिएको छ । राजधानी र राजधानी बाहिर गरेर फिल्मले शुक्रवार ८६ लख माथीको कारोवार गरेको हो । फिल्मका वितरक तथा हल संञ्चालकहरु र सम्बन्धित निकायसँग समन्वय गरेर निकालिएको ८६ लाख बाट हलको सर्भर चार्ज, हलको चार्ज, वितरकको चार्ज र सबै खर्च घटाएर निर्माताको हातमा ३५ लाख पर्ने देखिन्छ । फिल्मको वितरण कम प्रतिशतमा गरिएकोले ३५ लाख निर्माताको हातमा पर्ने देखिएको हो ।
यस्तै देशैभर शनिवार ८५ प्रतिशतको अकुपेन्सीमा कति कमायो भने रिपोर्ट आईतवार मात्र थाहा हुने हलसञ्चालकहरु त्था सम्बन्धित निकायले बताएका छन् । सि परिक्षा तथा अन्य लेभलहरुको परिक्षाको तयारी बेला परेको कारण पनि व्यापारमा केही ह्रास भएको बुझ्न सकिन्छ । तर पनि फिल्म प्रति दर्शकको प्रतिक्रियाले फिल्म लामो रेसमा अघि बढ्न सक्ने संभावना देखाएको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस