• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

२०७४ का ४४ फ्लप फिल्म, ३० करोड लगानी बालुवामा पानी

  • 2018-03-21 
  • प्रकाशित

    Spread the love

    समीर बलामी/फिल्म फण्डा । नेपाली फिल्मी बजारमा बर्षको कम्तीमा ७० र बढिमा १२० फिल्महरु पर्दामा लाग्ने गर्छन् । ५२ हप्ता अर्थात एक बर्षमा यति धेरै संख्यामा फिल्म रिलिज हुनको लागि कति फिल्म बर्षमा बन्छ होला भन्ने अनुमान लगाउन सकिन्छ । झण्डै बार्षिक रुपमा १ सय ५० भन्दा बढि फिल्महरु निर्माण हुन्छन् । केही हलमा आईपुग्दैनन् भने केही च्यारिती, युट्युब र हार्डडिस्क मै सिमति हुन्छन् । यस बर्ष झण्डै ९० को हाराहारीमा फिल्म प्रदर्शन भएको छ । ९० हाराहारीको फिल्ममा चैत्र ९ गते शत्रुगते, चैत्र २३ गते हिरोज र तिमीसँग, चैत्र ३० गते नेप्टे र लिलिबिली रिलिज हुन बाँकी छ । रिलिज हुन बाँकी फिल्मलाई छोडेर रिलिज भएका फिल्म मध्येहरुबाट हामीले फ्लप ४४ फिल्मको लिस्ट प्रस्तुत गर्न गईरहेका छौं ।


    औसत व्यापार गरेका फिल्महरु, लगानी सुरक्षित नजिक रहेका फिल्महरु, लगानी सुरक्षित मात्र गरेका फिल्महरु र नाफा गरेका फिल्महरु बाहेकका फिल्महरु जसले औसत व्यापार अर्थात लगानीको ३५ प्रतिशत व्यापार पनि गर्न सकेन अझै भनु कतिपय फिल्मले प्रचारको पैसा पनि उठाउन सकेन, त्यस्ता फिल्महरुको लिस्ट सार्वजनिक फिल्मी फण्डाले गरेका छौं ।


    भुवन केसी अभिनित फिल्म ब्ल्याक डायरी बैशाख २२ मा प्रदर्शनमा आएको थियो । फिल्मले पोष्टर र पम्प्लेटको पैसा पनि उठाउन सकेन । यस्तै जेष्ठ ५ गते रिलिजमा आएको फिल्म डायरी पनि वास आउट भएको फिल्म हो । नायिका छुल्ठिम गुरुङले निर्माण गरेको फिल्ममा उनीसँगै रेखा थापा पनि मूख्य भुमिकामा थिईन् । यता अष्ट नारायण पिक्चर्सले सहकार्य गरेर बनाएको फिल्म हो हिटलर । सौरभ दकाल निर्देशित फिल्ममा सोहित मानन्धरको मूख्य भुमिका रहेको थियो । फिल्मले खासै कमाल गर्न सकेन । फिल्म जेष्ठ १२ गते प्रदर्शन भएको थियो । विल्सन विक्रम राईले निर्माण गरेको फिल्म रातोघर जेष्ठ १९ गते रिलिजमा आएको थियो । उनी स्वयम प्रमूख भुमिकामा देखिएका थिए । फिल्मले आश देखाउँदा देखाउँदै चल्न भने सकेन ।

    यस्तै जेष्ठ २६ गते दयाहाङ राई अभिनित फिल्म लाल्टिन र अर्पन थापा अभिनित तथा निर्देशित फिल्म आधा लभ रिलिज भएको थियो । दुबै फिल्मले औसत व्यापार पनि गर्न सकेन । भलै केही मिडियाले फिल्मको व्यापार करोड भएको समाचार सम्प्रेषण गरेका थिए । यस्तै बर्षा शिवाकोटी र शुशिल श्रेष्ठ अभिनित तथा अमरदिप सापकोटा निर्देशित फिल्म कारखाना असार १६ गते रिलिजमा आएको थियो । नेपालमा अरु कारखाना चल्न नसकेको बेला मान्छे बनाउने कारखानाको सन्दर्भमा निर्माण भएको फिल्मले औसत व्यापार पनि गर्न सकेन ।

    यता असार २३ मा रिलिज दिपेन्द्र के खनाल निर्मित तथा खगेन्द्र लामिछाने निर्देशति फिल्म धनपतिले पनि खासै व्यापार गर्न सकेन । फिल्म मल्टिप्लेक्समा ठिकै रुचाईएको थियो । आश देखाउँदा देखाउँदै फिल्मले औसत पनि व्यापार गर्न सकेन । यस्तै असार ३० गते सुनिल रावलको सायद २ ले पनि खासै औसत व्यापार गर्न सकेन । सायद हिट पछि शुशिल श्रेष्ठलाई लिएर निर्माण गरिएको सायद २ ले सुनिललाई घाटा मात्र हैन फिल्म वृतबाट नै टादा बनाईदियो ।

    यस्तै श्रावण ६ गते रिलिज भएको फिल्म डा. खाते, भदौं २ मा रिलिज भएको सरोज न्यौपाने निर्मित तथा हेमराज बिसी निर्देशित फिल्म ग्याङ्गस्टार ब्लुज, भलिबल खेलाडी सिपोरा गुरुङ अभिनित भुईमान्छे, भदौं ९ गते रिलिज भएको हामी शरणार्थी, देश खोज्दै जाँदा, भदौं ३० गते रिलिज भएको लिला, कात्र्तिक २ गते रिलिज भएको दयाराम दाहाल निर्देशित रानी, कार्तिक २४ मा रिलिज भएको दयाहाङ राई अभिनित तान्द्रो सहित सकस, हसन खानको रोमियो र अण्डर नाईटिङ लगायतका फिल्मले पनि खासै व्यापार गर्न सकेन । तुलनात्मक रुपमा ग्याङ्गस्टार ब्लुज, कारखाना र सायद २ केही मात्रामा ठिकै थियो । मंसीर १५ मा रिलिज कन्फ्युज कुन फिल्म हो छुटाउनै गाह्रो थियो ।


    यस्तै मंसीर २२ गते रिलिज भएको दिपज्योती वास आउट फिल्म हो । भुकम्पको पेरिफेरिमा निर्माण भएको गणेश लामा अभिनित तथा जापानि निर्देशक तोषिआकी ईतोहद्धारा निर्देशित फिल्म माई लभ ले पनि व्यापार गर्न सकेन । माई लभ र गोरे मंसीर २९ मा रिलिज भएको थियो । गोरे पनि वास आउट फिल्म हो । पौष १४ मा ६ बडिगार्ड देखाएर ताण्डव मच्चाउने कुशल थापाको ह्यापि न्यु ईयर, पौष २१ मा केकी अधिकारी र नाजिर हुसेन अभिनित राज्जा रानी र ईकुले निर्माण गरेको फिर्के, पौष २८ मा आर्यन अधिकारी र प्रियंका कार्की अभिनित बटरफ्लाईले पनि खासै औसत व्यापार गर्न सकेन । तुलनात्मक रुपमा राज्जा रानी र बटरफ्लाई राम्रो मान्न सकिन्छ ।

    यस्तै माघ ५ मा निगम श्रेष्ठ निर्देशित मल्टिस्टारर लालपुर्जा, माघ १९ मा रिलिज गौरी शंकर धुजुको शेर बहादुर र पटुकी, फाल्गुन ११ मा रिलिज घनश्याम लामिछाने निर्देशित पञ्चेबाजा र सत्य–स्वरुप निर्मित साढे ७, फाल्गुन १८ मा रिलिज मिलन चाम्स निर्देशित ब्लाईण्ड रक्स र विपिन कार्की अभिनित नाकाले पनि खासै औसत व्यापार गर्न सकेन । सोही दिन रिलिज भएको फिल्म तिम्रै छोरी तरुनी हामीलाई के को दोष वास आउट फिल्म हो । विषवस्तुको आधारमा पञ्चेबाजा र शेरबहादुर राम्रो मान्न सकिन्छ । ब्लाईण्ड रक्स श्रृष्टि केसी माथि बनेको फिल्म हो । फिल्मबाट मिश्रीत पतिक्रिया आएको थियो ।

    यस्तै फाल्गुन २५ मा रिलिज सोनाम लामा निर्मित हुर्रे र गनेशदेव पाण्डे निर्देशित गाँजाबाजा, गत हप्ता चैत्र २ गते रिलिज डेष्टिनेशन काठमाडौं, पंचायत, ईन्काउन्टर गल्ली र अफिसरले पनि कुनै आश देखाउन सकेन । यी फिल्महरुले औसतमा पनि व्यापार गर्न सकेन । यस्तै नाम नखुलीएका चार भिडियो फिल्महरु १ शो देखी एक दिनमानै पर्दाबाट बाहिरिनु परेको थियो ।

    यी ४४ फिल्महरु १५ लाख देखी माथि र १ करोड ५० लाख सम्मका बजेटमा निर्माण भएका फिल्महरु हुन् । सरदरमा सबै फिल्मको निर्माण बजेट ७० लाख दरले अनुमान गर्ने हो भने पनि ३० करोड माथिको लगानी खेर गएको देखिन्छ । यसरी नेपाली फिल्मको गुणस्तरलाई सबैले अपनाउन नसक्दा, बजार व्यवास्थापन नगर्दा र नेपाली बजार अनुसारको लगानीमा फिल्म नबनाउँदा बर्षौं करोडौं रुपैँया बालुवामा पानी सरह भईरहेको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय
    साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन सुरु

    Recent Posts

    • नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    • समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    • बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)
    • गायिका एलिना चौहानको ‘ओई प्यारी’(भिडियो)
    • गायक रञ्जित परियारको ‘रेलको भाडा’ (भिडियो)
    • सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक
    • निर्मल दाहालको ‘अचेल माया’ (भिडियो)
    • गायिका समिक्षा अधिकारीको ”चिनो रुमाल” (भिडियो)
    • सत्य घट नामा आधारित विजय र प्रतापको ‘पत्थरको मुटु’ (भिडीयो)
    • अन्जु सुनार र सन्दिप सुवेदी ‘मायाको डोरो’मा रोमान्स

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073