रोबोट सोफियाले अनमोलसँग डेट जाने भनेपछि

फिल्मी फण्डा । पछिल्लो समयका सुपरस्टार अनमोल केसी यूवापुस्तामा निकै चर्चाको शिखरमा रहेका छन् । कहिले फिल्मबाट चर्चामा आउने त कहिले यूवतीहरु उनको लागि मरिमेट्ने भएका कारण चर्चामा आउने गर्छन् । पछिल्लो समय फिल्म कृ बाट पनि उनको तारिफ नै भएको छ । सन्दर्भ छ यतिखेर अनमोलकै वारेमा । नेपालमा आएकी पहिलो रोबोट सोफियाले समेत अनमोल केसीको नाम उच्चारण गरेकी छिन् ।
हङकङको कम्पनी हान्सोन रोबोटिक्सले मानीस जस्तै देखिने र बोल्न सक्ने रोबोटको रुपमा सोफियाको विकास गरेको हो । उनलाई अप्रिल १५, २०१५ मा एक्टिभेट गरिएको थियो । उनै सोफिया बुधवार नेपालमा देखीएकी हुन् । होटल याक एण्ड यतिमा सम्पन्न विशेष समारोहमा सोफिया (द एआई रोबोट) ले नेपालको वारेमा केही कुरा राख्दै गर्दा अनमोल केसीसँग डेट जान मन रहेको बताएकी थिईन् ।
सोफियाले साउदी अरेबियाको नागरिकता सन् २०१७ मा पाएकी थिइन् । कुनै पनि देशको नागरिकता पाउने उनी पहिलो रोबोट हुन् । सन् २०१७ को नोभेम्बरमा सोफिया संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको ‘आविश्कार बिजेता’ घोषित भएकी थिइन् । उनी नेपालमा विशेष प्रदशर्नी र नेपालको अवस्था वारे केही बुझ्न नेपाल आएकी हुन् । नेपालमा रोबोटको आवश्यकता र संभावनालाई जोडेर उनले मन्तव्य राखेकी थिईन् । सो क्रममा उनले अहिलेका चर्चित नायक अनमोल केसीसँग डेट जान मन लागेको बताएकी छिन् । सोफियाको अनुहार अभिनेत्री एन्ड्रे हेपबर्नसँग मिल्दोजुल्दो बनाइएको छ ।
सम्बन्धित भिडियो हेर्नुहोस् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस