• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

सत्यकथामा झोला पछि फिल्म ‘भोर’, रिलिज मिति घोषणा

  • 2018-03-03 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । फिल्म ुभोरुको फर्स्टलुक पोस्टर रिलिज गरिएको छ । तराई भेगमा विद्धमान दाइजो प्रथाको यथार्थ कथालाई पर्दामा उतार्न खोजेको निर्माण टिमले पोस्टर रिलिजसँगै प्रदर्शन मिति पनि घोषणा गरेको छ । फिल्म आगामी बैशाख २१ बाट सार्वजनिक प्रदर्शनमा आउने बताईएको छ । यसअघि सय बर्ष पहिलेको सति प्रथाको विषयमा फिल्म ुझोलाु निर्माण गरेर प्रशंसा भेटेको टिमले नै ुभोरुलाई दर्शकमाझ ल्याउन लागेको हो । सार्वजनिक पोस्टरमा लिड अभिनेत्री डली सरकार बेहुलीको भेषमा प्रस्तुत छन् भने व्याकग्राउण्डमा जानकी मन्दिरलाई देखाइएको छ ।

    सँगसँगै एक वृद्धले उनै डलीलाई साईकलमा हिडाउँदै गरेको समेत देखाईएको छ । जनकपुरमा परस्परागत रुपमा फागु पुर्णिमाको छेकोमा हुँदै आएको महामुर्ख सम्मेलनमा निर्देशक यादवकुमार भट्टराईले फिल्मको पोस्टर सार्वजनिक गरे, रिलिज मिति घोषणा गरे । पोस्टरमा माथी उल्लेखित दृश्यहरु समावेश हुँदा फिल्मको मुख्य विषयसँग जोडिएको नारीको बिहे र त्यससँग जोडिने दाईजोको पक्ष नै फिल्मको मुख्य विषयवस्तु रहेको थप प्रष्टिन्छ । निर्देशक भट्टराईले दाइजोलाई महिला हिंसाको रुपमा नलिएर मानव हिंसाको रुपमा लिनु पर्ने भन्दै यो पटक पनि नेपाली समाजको यथार्थतालाई लिएर दर्शकमाझ आउन लागेको बताए ।

    दक्षिण एसिया भरी नै २१ औं शताब्दीसम्म आउँदासम्म व्याप्त दाइजो प्रथा हिंसा र मानविय अपराध दुबै रहेको भन्दै यसलाई समाजबाट निर्मुल पार्ने महाअभियानको थालनीको रुपमा ुभोरु लिएर आउन लागेको बताए । देवता समान श्रीमती र बुहारीलाई घरमा भित्र्याउँदै गर्दा उक्त परिवारका सदस्यले आफ्नो छोरी पनि अर्काको घरमा जाँदा के भोग्छ भन्ने हेक्का नराखी दाइजोको नाममा गर्ने दमन र चरम हिंसा समग्र देशकै समस्या भन्दै त्यसैको पेरीफेरी वरीपरी ुभोरु घुमेको भट्टराईको तर्क छ ।

    कृष्ण धाराबासीको लेखनमा तयार भएको फिल्ममा रामनारायण ठाकुर, अनिता रानी मण्डल, राजेश सक्सेना, बि एन पटेल, डली सरकार, प्रमेश झा, बटुक राज मिश्र, अनिता देव, पुजा कर्ण लगायत कलाकारहरु लिड अभिनयमा छन् । फिल्मका कार्यकारी निर्माता देबेन्द्र प्रसाद सुवेदी हुन् । फिल्ममा किसन अर्यालको मुख्य सहायक निर्देशन छ । दिपक बज्राचार्यले छायाँकन गरेको फिल्म भोरका निर्माता राज तिमल्सिना र राम गोपाल थापा हुन् । निर्माता तिमल्सिनाले एक बर्ष लामो मेहनतका बीच फिल्म तयार भएको भन्दै दर्शकमा परेको ुझोलाु फिल्मको इमोशनलाई नै ुभोरुले निरन्तर दिने दाबी गरे ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय

    Recent Posts

    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    • फिल्ममा समाबेस ,मुख्य दृश्य सहित “गोर्खे ”को गीत सार्वजनिक
    • नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    • समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    • बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)
    • गायिका एलिना चौहानको ‘ओई प्यारी’(भिडियो)
    • गायक रञ्जित परियारको ‘रेलको भाडा’ (भिडियो)
    • सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073