कविता र उमेशको रियल लबस्टोरी बोबी (टिजर)

फिल्मी फन्डा। फिल्म ‘बोबी’को टिजर रिलिज भएको छ । सत्यकथामा आधारित फिल्ममा संचारकर्मी नरेश भट्टराईको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन, ताराप्रकाश लिम्बुको संगीत र मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको छ ।
चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्मको रिलिज डेट भने फिक्स भएको छैन । फिल्ममा कविता गुरुङ र उमेश थापाको अलावा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस