नेपाल आईडल बुद्ध लामाको पहिलो गीत दर्शकमाझ (गीत)

फिल्मी फन्डा । लामो समयको पर्खाइ पछि ‘नेपाल आइडल’ बुद्ध लामाको गीत सार्वजनिक भएको छ । पहिलो पटक आफ्नै वास्तविक स्वरको गीत–गजल लिएर दर्शक तथा स्रोतामाझ उनी आएका हुन । अमेरिकामा बसोबास गरिरहेका गजलकार सुरेश वाग्लेद्वारा रचना गरिएको ‘तिमी साथ भएपछि।।।’ शीर्षकको गजलमार्फत गायक लामा दर्शकमाझ आएका हुन् । गजलकार वाग्लकै गजलगृह नामक च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको हो ।
हरि लम्सालद्वारा संगीतबद्ध उक्त गजललाई गोपाल रसाईलीले संगीत संयोजन गरेका हुन् । चन्द्र चौधरीद्वारा मिक्सिङ तथा मास्टरिङ गरिएको उक्त गीत अकेष्टिक नेपालमा रेकर्ड गरिएको हो । अर्जुन अधिकारीद्वारा निर्देशित उक्त भिडियोमा चलचित्रका लोकप्रिय जोडी पल शाह तथा आँचल शर्माले अभिनय गरेका छन् । अभिनेता पल तथा अभिनेत्री आ“चलले भिडियोमा गजल भावना अनुसारको अभिनय गरेका छन् । उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । भिडियोमा सुरेन बसेलको कोरियोग्रँफी छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस