फान अवार्ड २०७३ सम्पन्न, अवार्ड समारोहको गरिमा नबुझ्दा

फिल्मी फण्डा । नेपाल चलचित्र कलाकार संघले आयोजना गर्दै आईरहेको फान अवार्ड को दोश्रो संस्करण फान अवार्ड–२०७३ सम्पन्न भएको छ । राजधानीमा शुक्रवार फान अवार्ड सम्पन्न भएको हो । कलाकार संघले नै आयोजना गरेको अवार्डमा अधिकांश कलाकारहरु उपस्थित नहुनु र अवार्ड समारोहको तालमेल नमिल्नुले यो अवार्ड खासै विशेष मानिएको छैन । अवार्ड आयोजकले नै अवार्डको गरिमा बुझ्न सकेको छैन ।
अवार्ड कार्यक्रम भनेको अवार्डमै केन्द्रित हुनुपर्ने हो तर संघका अध्यक्षदेखी महासचिवको भाषणले उपस्थितलाई ईरिटेट मात्र पारेन अवार्ड समारोहको मर्म नै सकाईएको थियो । जे होस् जात्रै देखाएर भएपनि कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्माओलीको प्रमूख अतिथ्यमा सम्पनन गरिएको हो ।
दोश्रो फान अवार्ड २०७३ मा छक्का पञ्ज उत्कृष्ट फिल्म घोषित भएको छ । यस्तै निर्देशक दीपाश्री निरौलाले अवार्ड पाईन् । यता प्रदिप भट्टराईले जात्रा फिल्मबाट उत्कृष्ट कथाको अवार्ड पाए ।
अभिनय तर्फ उत्कृष्ट अभिनेताको अवार्ड जात्राबाटै विपिन कार्कीले जितेका छन् भने डाइङ क्याण्डलबाट सृजना सुब्बाले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छिन् । उत्कृष्ट निर्देशकको अवार्ड भने ‘गाजलु’ फिल्मबाट हेमराज बिसीले जितेका छन् । प्रमूख सहित अधिकांश अवार्ड विवादित बनेको छ ।
फान अवार्ड २०७३
उत्कृष्ट कथा : जात्रा
उत्कृष्ट पटकथा : दीपकराज गिरी, छक्का पञ्जा
उत्कृष्ट फिल्म : छक्का पञ्जा
उत्कृष्टः निर्देशक : हेमराज बिसी, गाजलु
उत्कृष्टः अभिनेता : विपिन कार्की, जात्रा
उत्कृष्ट अभिनेत्री : सृजना सुब्बा, डाइङ क्याण्डल
उत्कृष्ट नव निर्देशक : दीपाश्री निरौला, छक्का पञ्जा
उत्कृष्ट नव नायक : आर्यन अधिकारी, के म तिम्रो होइन र
उत्कृष्ट नव अभिनेत्री : सृष्टि श्रेष्ठ, गाजलु
उत्कृष्ट सह अभिनेता : जितु नेपाल
उत्कृष्ट सह अभिनेत्री : मेनुका प्रधान
उत्कृष्ट चरित्र अभिनो : सन्तोष पन्त, किस्मत २
उत्कृष्ट चरित्र अभिनेत्री : गौरी मल्ल, के म तिम्रो होइन र
उत्कृष्ट हाँस्य कलाकार : केदार घिमिरे, छक्का पञ्जा
उत्कृष्ट खलपात्र : दीपकराज गिरी, छक्का पञ्जा
उत्कृष्ट संवाद : दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल – छक्का पञ्जा
उत्कृष्ट द्वन्द्व निर्देशक : एनबी महर्जन, जय परशुराम
उत्कृष्ट सम्पादन : मित्र डी गुरुङ, जात्रा
उत्कृष्ट छायांकन : रविन आचार्य, डाइङ क्याण्डल
उत्कृष्ट गीतकार : डा. कृष्णहरी बराल, शब्द
उत्कृष्ट गायक : कालिप्रसाद बाँस्कोटा, पुरानो डुङ्गा
उत्कृष्ट गायिका : मीना निरौला, लुट २
उत्कृष्ट संगीतकार: राजनराज शिवाकोटी, छक्का पञ्जा
उत्कृष्ट नृत्य निर्देशक : कविराज गहतराज, छक्क पञ्जा
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस