‘फेरी फेरी’ सकिनै लाग्दा निर्माण टिमले गर्यो फष्टलुक आउट

फिल्मी फण्डा । फिल्म फेरी फेरीको सुटिङ सकिनै लाग्दा निर्माण टिमले फष्टलुक सार्वजनिक गरेको छ । फिल्मका मूख्य कलाकारको पात्र पहिचान खुल्ने गरि मूख्य कलाकारद्धय रिचा शर्मा र अर्पण थापाको फोटो सार्वजनिक गरिएको हो । फिल्मको बिहीबार भक्तपुर, सूर्य्बिनायकमा द्धन्द्ध दृश्यको छायांकन गरिएको छ । फिल्मको क्लाइमेक्स फाइट झण्डै दश दिन लगाएर खिचीएको निर्देशक पुरनले जनाएका छन् । अब एक हप्तामा फिल्मको छायँकन समाप्त हुदैछ । सुरेश बज्राचार्यले खिचिरहेको फिल्मको निर्मातामा पुरनका छोरा निरज थापा छन् । फिल्मलाई दशैसम्म दर्शकमाझ ल्याउने योजना रहेको बताईएको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस