अन्जु पन्त र रोशन गैरेको मायाको जुहारी ( गीत )

फिल्मी फन्डा । माया प्रेमको जुहारी समेटिएको अन्जु पन्त र रोशन गैरेको मायाको जुहारी ‘हाम्रा बा लाई थर्काउ’को भिडियो बजारमा आएको छ । गीतमा गायक रोशन गैरे र गायिका अन्जु पन्तको आवाज रहेको छ । साथै गीतमा रोशन गैरेकै उत्कृष्ट शब्द सिर्जना तथा संगितमा पाउन सकिन्छ । रशिका डिजिटलको निर्माणमा बनेको भिडियोमा करिष्मा ढकाल र रोशन गौरेको अभिनय रहेको छ ।
काजिश श्रेष्ठको निर्देशन रहेको उक्त गीतको छायांकन भने सागर गौत्तमले गरेका हुन् । रोशन गैरे आफैले सम्पादन गरेको भिडियोलाई म्युजिक नेपालकौ युटुब चयानलमा अपलोड गरिएको छ । युवायुवतिको प्रेम कथालाई भिडियोमा देखाउन खोजिएको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस