‘कृ’ गीत चोरी काण्डमा स्वार्थै स्वार्थ , असली चोर अल्मोडा बार बार बचेपछि

फिल्मी फण्डा । केही समययता फिल्म कृ को उकालीमा पछि पछि गीत चोरिको विवाद चुलिदै आएको हो । आफ्नो फिल्म सम्झनाको गीत फिल्म कृ मा राखिएको पाईएपछि निर्देशक तथा निर्माता शम्भु प्रधानले कृ निर्माण टिमलाई जानकारी गराईएको थियो । जानकारी गराउँदा पनि निर्माण टिम समय व्यस्तताका कारण या अंहमताका कारण भेटघाट र छलफलमा व्यस्त हुन सकेन । लगतै फिल्म सम्झनाका निर्माता शम्भु प्रधान र उकालिमा पछि पछि गीतका सर्जक बरिष्ठ संगीतकार रञ्जीत गजमेर प्रहरी सामु पुगेका थिए । प्रहरीमा पुगेका दुबैलाई प्रहरीले एउटै क्षेत्रका व्यक्तिहरु भएको कारण मिलेर आउन सल्लाह दिएका थिए । त्यसपछि फिल्म कृ का निर्माण टिमको तर्फबाट सुवास गिरीले शम्भु प्रधानसँग कुराकानी गरेका थिए । तर कुरा मिल्न सकेन । त्यसपछि फिल्म कृ का सबै टिम फिल्म शो गर्न विदेश गएका थिए ।
के–के भयो सल्लाह ?
फिल्म सम्झनाका निर्माता शम्भु प्रधान र फिल्म कृ का निर्माता सुवास गिरीबीच कुराकानी भएको थियो । कुराकानीमा शम्भु प्रधानले २० लाख बढि दावी गरेका थिए । तर फिल्म कृ का निर्माता सुवास गिरीले १÷२ लाख अफर गरिएको थियो । त्यसपछि कुरा मिलेन । फिल्म कृ का टिम शोका लागि विदेशतिर लागेका थिए । शम्भु प्रधान र रञ्जीत गजमेर प्रहरीकोमा पुगेर निवेदन दर्ता गराईएका थिए ।
कानुनी रुपमा के के भयो ?
प्रहरीको मा पिडित पक्षको निवेदन दर्ता भईसकेपछि काठमाडौं प्रहरी परिसरले चलचित्र विकास बोर्डलाई औपचारिक पत्र पठाईएको थियो । भुवन केसीले आन्तरिक रुपमा प्रहरी र पिडित समक्ष आफु निर्माता नरहेको जानकारी गराईएपछि प्रहरी परिसरले आधिकारीक कुरा बुझ्न र वास्तविक निर्माता थाहा पाउन चलचित्र विकास बोर्डलाई पत्र पठाएको हो । चलचित्र विकास बोर्डबाट सुवास गिरी मात्रै निर्माता रहेको जवाफी पत्र आएपछि प्रहरी सुवास गिरीको पछि लागेका हुन् । फिल्मको विभिन्न देशमा शो सकाएर नेपाल फर्के लगतै प्रहरीले सुवास गिरीलाई जानकारी गराएर नियन्त्रणमा लिएका हुन् ।
कसरी बचे भुवन केसी ?
राजेश हमाल र भुवन केसी दुई मध्ये को महानायक भन्ने कुराकानी बेला बेलामा चर्किने गर्छन् । सालिन र बौद्धिक राजेश हमाल भन्दा धेरै चतुराँई र फटाह प्रवृतिका भुवन केसी भएकै कारण भुवन महानायक हुन लायक नभएको केहीको गुनासो फिल्म क्षेत्रमा कहिले काँही देख्न र सुन्न पाउँछन् । यस्तै भएको छ । फिल्म कृ को गीत चोरी काण्डमा पनि । भुवन केसीले चलचित्र विकास बोर्डमा फिल्मको नाम दर्ता गराउँदा आफ्नो नाम र कम्पनी नराखी सुवास गिरीको नाम र कम्पनी मात्र राखेको थियो । बाहिर दुबैको सहकार्यमा वकिल राखेर निर्माताको कागज गरेको स्रोतको भनाई छ । गीत चोरीको कुरा बाहिर आएपछि दुबै मुछियो तर भुवन आफु बच्नको लागि पिडित पक्ष र प्रहरीलाई आफु निर्माता नभएको बताएका थिए । सुवास गिरीलाई प्रहरी नियन्त्रणमा लिदाँ समेत भुवन केसी प्रहरी सम्म पुग्ने आँट गरेनन् । उनको फटाह प्रवृतीका चतुराँईले उनी यो विवादबाट बचेका हुन् ।
के भयो दुई पक्षबीच ?
आफ्नो सृजना चोरिएपछि प्रहरीकोमा पुगेका शम्भु प्रधान र रञ्जीत गजमेरले पैसाको लागि नभएर पछि पछि पनि गीत चोरी नहोस् भन्ने सोचेर उजुरी गरेको बताएका छन् । अदालतले बोलेको फैसला मान्न तयार रहेको र पैसामा बाहिर नमिल्ने बताएका उनीहरु अन्तत पैसामा बिकेका छन् । रञ्जीत गजमेरले पनि मिडियामा आफुहरु पैसामा नबिकेको र न्यायको लागि लडेको बताएका थिए । सुवास गिरीसँग २० लाख माथीदेखी बार्गेनिङ शुरु गरेका पिडित पक्षले एक दिन सुवास गिरीलाई प्रहरी हिरासतमा पठाई ११ लाख असुलेको हो । सुवास गिरीले भने शुरुमा आफुलाई पैसाको बार्गेनिङ गरेको कारण कुरा मिल्न नसकेको बताएका छन् ।
चोर अल्मोडा उम्केको उम्केई ?
फिल्म कृ मा राखिएका गीत उकालिमा पछि पछि का असली चोर हुन् अल्मोडा राणा उप्रेती । उनले एक मात्र हैन झण्डै आधा दर्जन गीत चोरि गरेका छन् । फिल्म कृ मा पनि उनले गीत चोरेका हुन् । उनले भने फिल्मका निर्माताले राख्न भनेपछि आफुले राखेको दावी गरेका छन् । तर संगीत भनेको संगीतकारको कला हो । कसैले उक्साएको भरमा चोर्नु अपराध हो । अपराध गरेका अल्मोडा भने पटक पटक बचिरहेका छन् । अझै गीत चोरिरहेका छन् अनि संगीतकार भन्दै हाँसिरहेका छन् । स्रोतका अनुसार भुवन केसीले खासै त्यस्तो केही हुन्न भनेपछि गीत फिल्ममा राखिएको थियो । तर एक संगीतकार भएपछि अरुको गीत आफ्नो नाममा राख्नहुन्न भने ज्ञान अल्मोडामा नहुनुले अल्मोडा पूर्ण रुपमा चोर संगीतकार हो भन्ने सबैलाई लागेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस