• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

मंगलम हेर्न रेखा र शिल्पासँगै छवि, पुष्पको चौतर्फि तारिफ

  • 2018-03-11 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । नेपाली फिल्म क्षेत्रको स्तर सुधारउन्मुख छ । यहि क्रममा छविराज प्रोडक्शनमा निर्माण भएको फिल्म मंगलम पनि छवि प्रोडक्शनको सुधारउन्मुख फिल्म मान्न सकिन्छ । छविराज प्रोडक्शनमा निर्माण भएका अधिकांश फिल्म मल्टिप्लेक्समा रिलिज हुदैन । यतिखेर फिल्म मंगलमले मल्टिप्लेक्समा राम्रै व्यापार गरिरहेको छ । हत्तपत्त विशेष शो नगर्ने छविराजले आईतावार मिडियाको लागि बिशेष शो राखिएको हो ।

    बिशेष शो मा मिडिया मात्र हैन केही कलाकर्मी समेत उपस्थित भएका थिए । सोही क्रममा छविराजको पूर्व पत्नी नायिका रेखा थापा पनि फिल्म हेर्न उपस्थित भएकी थिईन् । फिल्मको आधा भागमा नायक पुष्प खड्का र शिल्पा पोखरेलको तारिफ गर्दै रेखाले फोटो खिचेकी छिन् । उनले आफ्नै चाहनामा शिल्पा र छविराजसँग पनि फोटो खिचेकी छिन् । शिल्पाको काम र छविराजको फिल्मको तारिफ गर्दै रेखाले फोटो खिचेकी हुन् । फिल्म हेरिसकेपछि अधिकांश फिल्मकर्मी र मिडियाले फिल्मको तारिफ गरेका छन् । विशेष गरि पुष्प खड्का र शिल्पा पोखरेलको तारिफ गरेका छन् ।

    पृथ्वीराज लगायत अन्य कलाकारहरुको अभिनय पनि राम्रो छ । नवल नेपाल निर्देशित फिल्म मंगलमले सिंगल थिएटरमा राम्रौ धक्का मार्ने संभावना छ । यता मल्टिप्लेक्समा पनि फिल्मलाई राम्रो शोज कायम छ । रेखा थापा, विकास राज आचार्य, सबिर श्रेष्ठ, निर शाह लगायतले फिल्म राम्रो भएको र पुष्पको अभिनय निकै राम्रो भएकको बताएका छन् । पुष्प खड्का मंलमबाट नयाँ र ठूला ब्यानरका फिल्म सामु जानसक्ने बाटो खुलेको छ ।

    यस अर्थमा पुष्प अब स्टारको लाईनमा देखिएका छन् । यस अघि छविराज ब्यानरका केही फिल्महरु सफल हुन सकेन तर पुष्प र शिल्पाको कारण मंगलम सफल भईरहेको छ । यसर्थ पुष्प खड्का स्टारको लाईनमा भएको बुझ्न सकिन्छ । श्रीमान् श्रीमती बिचको सुमधुर सम्बन्ध र माया प्रतिको समर्पन देखाईएको छ । फिल्ममा पुष्प, शिल्पा र पृथ्वीको अलवा निर शाह, मिथिला शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह लगायतको अभिनय रहेको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    पुष्पको ‘कृष्ण लीला’ नयाँ वर्षमा
    बलिउड नायिका करिना कपुर दोश्रो पटक आमा बन्ने तयारी
    नेपालकी अञ्जली लामा हलिउड फिल्ममा डेब्यू गर्दै
    घान्द्रुकमा फिल्म र पर्यटनका कुरा
    प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल

    Recent Posts

    • पुष्पको ‘कृष्ण लीला’ नयाँ वर्षमा
    • बलिउड नायिका करिना कपुर दोश्रो पटक आमा बन्ने तयारी
    • फिल्म ‘कसिङ्गर’ युट्युबमा सार्वजनिक
    • नेपालकी अञ्जली लामा हलिउड फिल्ममा डेब्यू गर्दै
    • घान्द्रुकमा फिल्म र पर्यटनका कुरा
    • वियोगको कथा बोल्ने ‘मैले के बिगारे’ सार्वजनिक (भिडियो)
    • ‘कलेज लभ’ को ट्रेलर सार्वजनीक (भिडियो)
    • प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    • पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073