नेपाल म्युजीक अवार्ड २०७५ मनोनितलाई प्रमाणपत्र बितरण

फिल्मी फन्डा । नेपाली म्युजीक बिधासँग सम्बन्धित अवार्ड ‘नेपाल म्युजीक अवार्ड २०७५’ यही बैशाख १५ गते हुदै छ । शनिबार राजधानीको पुरानो बानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा एक कार्यक्रमको आयोजना गर्दै मनोनयनमा पर्न सफल ३८ बिधाका उत्कृष्ट पाँच श्रष्टाहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो । जम्मा १ सय ९० मनोनितलाई प्रमाणपत्र बितरण गरिएको थियो ।
आयोजक संस्थाका अध्यक्ष सहदेव कोइरालाले प्रमाणपत्र बितरण कार्यक्रममा बोल्दै निष्पक्ष ढंगबाट अवार्ड प्रदान गर्न लागिएको बताए । उनले नेपालमा पहिलो पटक अनलाइन भोटिङ सिस्टमलाई पनि यो अवार्डबाट शुरु गरिएको बताए । अनलाइन भोटिङमा आएका दुबिधाका प्रश्नहरुको उत्तर दिँदै कोइराला भन्छन्– ‘अनलाइनबाट भोट गर्दा एकै ब्यक्तिलाई धेरैपटक भोट गर्न मिल्दैन, सिस्टममा सबैकुराको अध्ययनपछि मात्र हामीले यो निर्णय गरेका हौं, अनलाइन भोटिङ पनि प्रभावकारी रहनेछ ।’
कार्यक्रमका प्रमुख अतिथि तथा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्काले अवार्ड निष्पक्ष हुनुपर्ने बताए । उनले यो अवार्डले बास्तविक श्रृष्टलाई न्याय मिलोस् भन्दै आयोजक टीमलाई शुभकामना दिएका थिए । यस्तै बरिष्ठ संगीतकार टीका भण्डारीले बिगतका दिनहरुमा रेडियो नेपालले प्रदान गरेका अवार्डहरुबाट पनि धेरैकुरा सिक्नुपर्ने बताए । उनले रेडियो नेपालले कुन तरिकाले अवार्ड दिँदै आएको छ त्यो कुरालाई नियालेर अगाडि बढ्दा पनि अवार्ड विवादमा नपर्ने बताए ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस