नेप्टेको ट्रेलरमा देखिए भिलेन दयाहाङ ( ट्रेलर )

फिल्मी फण्डा । फिल्म नेप्टेको ट्रेलर सोमवार रिलिज गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर रिलिज गरिएको हो । सार्वजनिक ट्रेलरमा नायक दयाहाङ राई खल पात्रको भुमिकामा देखिएका छन् । यस अघि फिल्मले लगातार दुई गीत सार्वजनिक गरिएको थियो । नेप्टेको सुपारी काँचो र दिलरानी दुबै गीत दर्शकले रुचाईसकेका छन् । फिल्म रिलिज हुन एक महिना बाँकी हुँदा फिल्मको ट्रेलर दर्शकहरुको लागि सार्वजनिक गरिएको हो ।
यस अघि फिल्म कबड्डी र कबड्डी कबड्डीमा नेगेटिभ भुमिकामा देखिएका दयाहाङलाई नेप्टेमा पनि नेगेटिभ भुमिकामा देखिएका हुन् । ट्रेलरले सोसल कमेडी जनरा देखाउँछ । सार्वजनिक ट्रेलरमा दयाहाङको अलवा रोहित रुम्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ, छुल्ठिम गुरुङ, पूर्णिमा लामा, रिता कार्की, प्रनिशा सिलवाल फिचरिङ छन् । कमेडी जनरामा प्रस्तुत भएको फिल्मको ट्रेलरमा एक्शन, ड्रामा र कमेडी प्रस्तुत गरिएको छ ।
रोहित रुम्बाको ड्रिम प्रोजेक्टको रुपमा रहेको नेप्टेमा सबै लिड कलाकारहरु फिल्मको नाम जस्तै नेप्टे समुदायका छन् अर्थात आदिवासी जनजातिहरु छन् । फिल्मलाई रोहित रुम्बाले निर्माण गरेका हुन् भने देव कुमार श्रेष्ठले निर्देशन गरेका छन् । फिल्ममा कविराज गहतराजको नृत्य, हरि घले लामाको छायाँकन, रोशन श्रेष्ठको द्धन्द तथा किरण माईकलको पटकथा र संवाद छ । फिल्मको कथा रोहित रुम्बाले नै लेखेका हुन् । नयाँ बर्षको छेको पारेर चैत्र ३० मा फिल्म रिलिज गर्न लागिएको हो ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस