• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

चाहा होकी बाध्यता ? पुजा–प्रदिपको भेट !

  • 2018-03-21 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । फिल्म प्रेम गीतमा औधी रुचाईएको जोडी हो पुजा शर्मा र प्रदिप खड्काको जोडी । प्रेम गीत फिल्म पनि हिट भएको फिल्म हो । त्यसपछि निर्देशक र निर्माताको टिम नै छुटिएपछि प्रदिप निर्माताको भागमा परे र पुजा निर्देशकको भागमा परिन् । विस्तारै ईगो हटले बोलचाल समेत बन्द हुदै गईरहेको थियो । दुई ध्रुर्विकरण जस्तै देखिएको थियो निर्माता सन्तोष सेन र निर्देशक सुदर्शन थापा बीच । यी दुबैको शिकारमा उस्तै तरिकाले पुजा र प्रदिप पनि प्रस्तुत हुन पुगे ।


    भलै यी दुईले एक अर्काको वारेमा भने मिडियामा राम्रै कुरा गर्दै आईरहेका थिए । यी दुईलाई एकै ठाउँमा देखिएला वा सँगै भेटिएला भन्ने धेरैले सायद कमै सोचका थिए होलान् । तर बुधवार अकस्मात यी दुई कलाकार एकै ठाउँमा सँगै देखिए र मिडियलाई पोज दिई दिई फोटो खिचाए पनि । यी दुई बीच भेटवार्ता हुनुको पछाडी कसको हात छ ? या दुबैको चाहामा भएको थियो अथवा अकस्मात नै भएको हो ? त्यो विस्तारै थाहा होला ।

     

    जे होस् दुबैले आफु कलाकार भएको कारण कलाकारिताको ईमान भने राम्रै तरिकाले देखाएका छन् । यदि दुबैमा उतिकै ईगो कायम भएको थियो भने अकस्मात भेट्दा पनि बोलचाल नगरी जान सक्ने बाटो थियो नै तर यी दुई बीच बोलचालसँगै फोटो खिच्नेसम्म पनि भयो । यस कारण पुजा र प्रदिपले असल कलाकारको भुमिका निर्वाह गरेको जस्तो सबैलाई लागिरहेको छ । सायद धेरै दर्शकलाई पुजा र प्रदिप पुनः पर्दामा देख्न पाईयोस् भने चाहना पनि कायमै होला । त्यो त तत्काल संभव देखिदैन तर भविष्यमा के हुने हो, त्यो पछि नै थाहा होला । यो भेट पनि खास हो र भेटको बहाना जस्तो भएपनि, कोही न कसैको चाहा नै हो भने पनि धेरैलाई लागिरहेको यतिखेर छ ।

    तस्बिर : कुशल घतानी राई/ ramailochha.com

    मण्डे मस्ती भिडियो पनि हेर्नुहोस् :


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    Recent Posts

    • प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    • पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)
    • मिस नेवा:मा पन्ध्र प्रतिस्पर्धी
    • फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    • मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    • हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073