अन्नपूर्ण बेस क्याम्पमा मस्ती गर्दै आकाश र साम्राज्ञी( गीत )

फिल्मी फन्डा । बुधवार राजधानीमा एक विशेष कार्यक्रम गरी फिल्म ‘तिमीसँग’को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा मधुरा भट्टचार्य र राहुल मुखर्जीको स्वर रहेको छ भने राहुल मुखर्जीको सङ्गीत र लेखु सहयात्रीको शब्द समावेश छ । त्यस्तै गीतको भिडियोलाई शिशिर खातीले कोरियोग्राफी गरेका हुन् । भिडियोमा चलचित्रका मुख्य कलाकार साम्राज्ञी र आकाशलाई फिचर गरिएको छ । गीतलाई अन्नपूर्ण बेस क्याम्पमा खिचीएको हो ।
सार्वजनिक कार्यक्रममा चलचित्रका कलाकारहरू साम्राज्ञी राज्यलक्ष्मी शाह, नाजिर हुसेन, आकाश श्रेष्ठ, अनुपम श्रेष्ठ, निर्देशक शिशिर राना लगायतका फिल्म युनिटको उपस्थिति रहेको थियो । फिल्म तिमीसँगलाई कलाकार शिशिर रानाले निर्माण, निर्देशन र कथा लेखन रहेको छ । फिल्म आउँदो चैत्र २३ गतेबाट प्रदर्शनमा आउनेछ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस