बर्ष २०७४ मा झण्डै १ अर्ब लगानी , ७० करोड बालुवामा पानी

समीर बलामी/फिल्मी फण्डा । गएको बर्ष २०७४ मा झण्डै ९० को हारहारीमा फिल्महरु प्रदर्शनमा आएका छन् । २५ लाखदेखी ३ करोड ५० लाख सम्म लगानीका फिल्महरु प्रदर्शनमा आएका हुन् । चलचित्र विकास बोर्डमा २०७३ भित्र १५० भन्दा बढि फिल्महरु दर्ता भएका थिए । २०७४ मा झण्डै ९० को हाराहारीमा मात्र प्रदर्शनमा आएका हुन् ।
यस भित्र पनि २०७४ मा पाँच चलचित्रले २५ प्रतिशतदेखी १०० प्रतिशत सम्मको नाफा कमाएका छन् भने १९ फिल्म लगानी नजिक र लगानी सुरक्षित देखी ५ प्रतिशत नाफा सम्म पुगेका छन् । यस्तै गनणामा आएका ४४ र नआएका गरि ६० भन्दा बढि फिल्महरुले १० देखी १०० प्रतिशत सम्मै घाटा व्यहोर्नु परेको छ । ६० भन्दा बढि फिल्म सुपर फ्लप सावित भएका छन् ।
अन्य बर्षको तुलनामा बर्ष २०७४ न विश्मात न हर्ष को बर्ष सावित भएको छ । ५ देखी १० प्रतिशत फिल्महरु मात्र सुरक्षित हुने नेपाली बजारले यो बर्षमा केही आश देखाईएको छ । यूवा वर्ग लक्षित दर्शकहरु नेपाली फिल्मप्रति आकर्षित भएका छन् । व्यवसायिक हिसावले पनि झण्डै २५ प्रतिशत फिल्महरु राम्रै चलेका छन् ।
म यस्तो गीत गाउँछु, ए मेरो हजुर २, छक्का पञ्जा २, २ रुपैयाँ, शत्रुगते लगायतका फिल्महरु बर्षको सर्वाधिक हिट फिल्महरु हुन् । घामपानी, राधे, ऐश्वर्य, कृ, कान्छी, मंगलम, लिलिबिली लगायतका झण्डै २ दर्जन फिल्महरु बर्षको लगानी सुरिक्षित देखी १० प्रतिशत नाफा कमाएका औसत फिल्महरु हुन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस