फ्लोरमा बादशाह जुट

फिल्मी फण्डा । नेपाली फिल्म बादशाह जुटको छायाँकन सुरु भएको छ । शनिबार राजधानीबाट छायाँकन सुरु भएको फिल्मलाई पोखरा र मुम्बईमा पनि खिचिने बताईएको छ । जोनी सिंह राणाले निर्देशन गरिरहेको फिल्ममा सुशील श्रेष्ठ, आमिर गौतम, केइसा रावत, रोशी खड्का, रश्मि पाण्डे, रोबिन तामाङ लगायतका कलाकारको अभिनय रहनेछ ।
स्मरण रहोस् अभिनेता सुशील श्रेष्ठले यो भन्दा अगाडी फिल्म लभ डायरिजको छायाँकन सिध्याईसकेका छन् । निर्माण पक्षका अनुसार बादशाह जुटमा सुशीलको भिन्न अवतार देख्न सकिनेछ । बादशाह जुटमा एच एण्ड बी फिल्मससँग गोल्डेन ग्रेप्स फिल्म एण्ड इन्टरटेनमेन्टले सहकार्य गरेको छ । २ घण्टा ९ मिनेट लामो रहने फिल्म पूर्ण व्यावसायिक बनाइने निर्माण पक्षले बताएको छ । अभिषेक कुमार सैनी लिखित फिल्ममा कमेडी, एक्सन, रोमान्स र थ्रिलको समिश्रण पाइने छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस